| शुक्रबार, चैत्र १६, २०८०

नेपाली बिधार्थी समाज(सोनसिकको) १९ औ अधिबेशन सम्पन्न, उपसभापतिमा गोरखाका ढकाल चयन

दक्षिण कोरियामा उच्च शिक्षा अध्यनको शिलशिलामा आएका नेपाली बिधार्थिहरुको संगठन नेपाली बिधार्थी समाज (सोनसिकको) १९ औ अधिबेशन सम्पन्न भएको छ । अधिवेशनले मनिष पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको सभापतिमा पाण्डे, उपसभापतिहरुमा गोरखा प्रियस ढकाल, सिद्धान्त बिक्रम पाण्डे, मेघनाथ पौडेल र मनोज कुमार बानिया चयन भएका छन् ।त्यस्तै, सचिवमा विक्रम खड्का, उप सचिवमा दिवाकर चौलागाई र कोषाध्यक्षमा भरत खत्री चयन भएका छन् । समितिको सदस्यहरुमा तोपेन्द्र वली, प्रकाश नेपाली, सृजना तिवारी, सिजन खड्का, गायत्री थापा मगर चयन भएको समितिले जनाएको छ ।

No description available.
उपसभापतिमा निर्वाचित गोरखाका प्रियस ढकाल


यहि अगस्ट १३ र १४ तारिखमा अधिवेशन सम्पन्न भएको हो । दक्षिण कोरिया सरकारमा दर्ता भएको यस संस्थाले बिगत देखि नै नेपाली विधार्थी र नेपालीको हितमा उल्लेखनीय कार्यहरु गर्दै आइरहेको छ । कोरोनाले विश्वनै थालिएको अबस्थामा भर्चुअल माध्यम बाट कोरियामा रहेका नेपाली बिधार्थीको समस्या पहिचान गर्दै समस्या समाधानमा सम्बन्धित निकायमा पहल गर्ने कामलाई निरन्तरता दीइरहेको छ ।

थै संस्थाले नेपाली फेस्टिवल लगाएतका कार्यक्रमबाट नेपाली कला र संस्कृतिलाई कोरियन समुदाय माझ चिनाउन अग्रणी भूमिका खेलेको छ
ि

प्रतिक्रिया दिनुहोस्