| आइतवार, अशोज ७, २०८०

सिरानचोकमा एकीकृत अखिल नेपाल शिक्षक संगठन गठन, अध्यक्षमा तामाङ

गोरखाको सिरानचोक गाउँपालिकामा एकीकृत अखिल नेपाल शिक्षक संगठन गठन भएको छ ।

संगठनको शनिबारको बसेको भेलाले हास बहादुर तामाङको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।

संगठनको उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षमा इश्वर गुरुङ, उपाध्यक्षमा अन्जुला पाण्डे, सचिवमा राजेश भणडारी र अर्थ सचिव राजुबाबु कुमाल चयन भएका छन् ।
सदस्यहरुमा विश्वनाथ ढकाल, दुर्गा कुमारी डाँगी, प्रकाश उपरकोटी, रामकुमार श्रेष्ठ, नारायणी ढकाल, विमला बास्ताकोटी, बुधमाया बराम, इन्द्रलाल देवकोटा र बलराम ढकाल, मन्जु पोखरेल चयन छन् । त्यस्तै, करिश्मा दवाडी, ऋषिराम मरहट्टा, किशोर पन्त, मोहमत मियाँ, खम बहादुर नेपाली सदस्यमा चयन भएका छन् । अन्य पाँच जना पहिलो वैठकबाट मनोनित गर्ने संगठनले जनाएको छ ।

निवर्तमान अध्यक्ष कृष्ण न्यौपानेको अध्यक्षता भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य खोप बहादुर कंडेल, गणेशराज सेडाई, नवराज पुडाशैनी, रमेश पण्डित लगायतको उपस्थिति रहेको थिया ।

प्रतिक्रिया दिनुहोस्