| बिहिबार, मंसिर १४, २०८०

प्रचण्डलाई गोरखाली युवाको खुल्ला पत्र

शिशिर देवकोटा :

बहुत तेज, तिब्रता , कसैसँग पनि नदब्ने ,ज्यादै खरो, आटिलो भन्ने बुजाउछ । तर नेपाली राजनितिमा ससस्त्र जनयुद्धलाई शान्ति प्रकृयामा अबतरण गराउन सफल , परिबर्तनको कमान्डर ,विकास र समृद्धिको संवाहक सम्पूर्ण नेपालीको आशा भरोसा तथा भावना, गरीब दलित हेपिएका पिछडिएका वर्गको आवाजको पर्यायवाची नाम हो प्रचण्ड ।

२०६३ सालदेखि आजसम्म संसदको पहिलो ठुलो दल भए पनि, तेस्रो ठूलो दल भएपनि नेपालको राजनीति प्रचण्डको वरिपरि घुमिरहेको छ । कहिले दक्षिणपन्थी यथास्थितिवादी दल त कहिले कम्युनिष्टको नक्कली खोल ओडेको दल, प्रचण्डले आफ्नो अनुकुलतामा कहिले काँधमा बोक्ने त कहिले पैतलामुनि पु¥याउने, कहिले पुँजिपतिसँग मिले जस्तो गरेर प्रतिक्रान्ति र प्रतिगमनमाथि प्रहार गर्ने, त कहिले दक्षिणपन्थिसँग मिले जस्तो गरेर संविधान बचाउने कुरा प्रचण्ड बाहेक अन्य कुनै नेताले सोच्न पनि नसकेको तितो येथार्थ हो ।

माओवादी पार्टी संसदको पहिलो पार्टी बनोस् वा तेस्रो, माओवादीले जनयुद्ध शुरू गर्दा बोकेको संघीयता, धर्म निरपेक्षता गणतन्त्र, छुवाछूतको अन्त्य, जनयुद्ध र जनआन्दोलनको घाइतेलाई सहिद घोषँणा लगायत विभिन्न मुद्दालाई आज हरेक पार्टीले जस लिन प्रतिस्पर्धा नै चलेको देखिन्छ । त्यसैले चुनावको नतिजा जस्तोसुकै आएपनि आज माओवादीको एजेण्डामा देश चलेको छ ।

सधै देश र जनताकोलागि आफ्नो जिबन समप्रीत गरेका प्रचंडमाथि बिदेशि बैक, स्वीस बैंक मा पैसा लुकाएको आरोप नलागेको हैन आखिर प्रचण्ड लाइ पैसा किन चाहियो र रूकुम रोल्पा को गोठ मा ड़ेढो खाएर राज्य सत्ता को तातो गोली खान तयार प्रचण्ड यदि पैसा नै चाहिनथ्यो भने अर्को पेशा अपनेहालथे नि, आफ्नो जीबन नै बन्दुक को गोली मा राखेर येत्रो देशको अबस्था लाइ यहां सम्म ल्याउने राजनेता लाइ येस्तो अरोप लगाउँदा अन्याय हुदैन र

मेरो जन्म २०४८ साल गोर्खा जिल्ला को मूच्चोक भन्ने ठाउँमा भएको हो । समय को खेल पनि कस्तो हुने रैछ, झलुङ्गो मा हुँदा यो मसाल को बीउ लाइ सिद्धाई हालौ भनेर हत्या गर्न दुस्शाहस गर्ने तत्कालीन पंचायती लाइ २८ बर्ष पछि यही हात ले औषधि गरेर बचाउनु पर्दा यो सन्सार मा सबै कुरा समय को खेल त रैछ भन्ने अनुभुति गरायो ।

मेरो सानो बाल्यकाल गोर्खा मै बित्यो, जनपद प्रहरी र दंगा प्रहरी को बारम्बार को घर खानतालासी , घर घेराउ र बुवा को बारम्बार को गिरफ्तारी सँगै पटक पटक जलेको ती माओ र लेनिन को किताब हरु सँगै मेरो सोचाइहरु बिचारहरु सीमेन्ट बालुवा र गिटी ले ढलान भएको घर जस्तै दरहिलो बन्दै गयो, बाल्यकाल देखि नै क्रांतिकारी ले देखेको देशको अबस्था बदल्ने सपना हरु सँगै म पनि हुर्किए ।

जुनसुकै क्रांतिकारी ले पनि मेरो घरलाइ सुरक्षित मांथे, कयौ दिन भकारीमा लुकेर बसको, दिशा पिसाब यहि हातले बोकेको, रातरात मायिनटोल बालेर एउटा गाउ बाट अर्को गाउ मा पुराएको मन को झझल्को लाइ पटक पटक सुराकी को मुठभेड़ बाट खरानी हुन लागेको घरले अझै पनि झस्काउँछ ।

३१ बर्ष को यो समय मा राजनीतिक चक्रव्यूह ले छलाङ मारेपनी (बहुदल–लोकतन्त्र– गणतन्त्र हुँदै २०७४ साल् को स्थानिय निर्वाचन) स्वास्थ्य सेवा प्रबाह मा सोचे जस्तो सहजता शूलभता र पाहुचयोग्य हुन सकेको छैन । नेपालको संबिधान मा प्रस्ट रुपमा लेखिएको आधारभुत स्वास्थ्य सेवा सहज् सरल र सुलभ रुपमा निसूल्क उपलब्ध गर्नु पर्ने र बिशेषज्ञ सेवा को सुलभ पहुच स्वास्थ्य बिमा मार्फत गर्नु पर्ने भन्ने कुराको खिल्लि उडिरहेको छ ।

अझ सोझो अर्थमा भन्नु पर्दा गोरखा जिल्ला मा या भनौ देश भरिमा संबिधानमा प्रस्ट रुपमा लेखियको बिशेषज्ञ सेवा त टाढा को कुरा, आधारभुत स्वास्थ्य सेवा समेत निसुल्क सर्बसुलब हुन सकेको छैन । गोरखा जिल्ला मा स्वास्थ्य अबस्था को कुरा गर्दा जिल्ला मा ३ ओटा अस्पताल गोरखा, आपपीपल, पालुङटार ३ ओटा प्राथमिक स्वास्थ्य केंद्र र ६६ ओटा स्वास्थ्य चौकी छन । आज पनि कुनै गंभीर रोग लागेमा काठमाण्डौ चितवन जानु को बिकल्प छैन ।

प्रिय प्रचण्ड, तिम्रो यो पाँच बर्ष कार्यकाल सकिदा कुनै गोर्खालीको उपचार नपाएर, खर्च नपुगेर ज्यान नाजाओस जेष्ठ नागरिक, अपांग,बालबालिका ले नजिकै वा घर मै गुणस्तरीय स्वस्थ्य सेवा पाउन, स्वास्थ्य मा भएको बर्गीय भेदभाब को अन्त्य होस, अधिकांश जटिल रोगको उपचार गोर्खा अस्पताल मै होस , आप पिपल अस्पताल लाइ पुरानै बिरासत मा फरकाईयोस, अनी बल्ल हामी लाइ स्वस्थ्य मा समाजबाद को अनुभूति हुन्छ ।

स्वस्थ्य सेवा प्रदान गर्न बिशेस गरेर आर्थिक बेबस्थापन लाई सम्बोधन गर्ने मुख्य साधन भनेको स्वस्थ्य बिमा नै हो, तर अहिले यसमा भएको भ्रस्टाचार र कमिसन खोरले एसको भबिस्य माथि नै प्रश्न चिन्न खडा गरेको छ । पहिलो कुरा बिमाको रकम १ लाख रुपियाँ उपचारको लागि पर्याप्त छैन । यसलाई तुरुन्त बढाउन पर्द्छ । अर्को कुरा बीमित लाई सर्वसुलभ ढंगमा औसधि मात्र दिन सकियो भने, पक्कै पनि गुम्दै गएको बिमा को साख फर्काउन सकिन्छ ।

औषधीमा समस्या हुनु मा सार्बजनिक खरीद नियमावली र समयमै बिमा को भुक्तानी नहुनु प्रमुख कारण हो, तेसैले यसलाई हल गर्न कि त औसधि खरीदको अख्तियारी केन्द्र र प्रदेश मंत्रालय लाई दिने अथवा बीमित ले समय मा औसधि नपाएमा सीधै मंत्रालय ले शून्य सहनशीलता अपनाएर सम्बंधित अस्पताललाई तकेता गर्ने , यो एउटा कुरामा मात्र ध्यान दिन सक्यो भने हरेक वडामा पालिकामा बिमाको अभियान नै चलाएर १०० प्रतिसत बिमा कवरेज गरेर सम्पूर्ण नागरिक को स्वस्थ्यको जिम्मा सरकारले लीन सक्छ र भविष्यमा जिल्ला भित्र नै डेडिकेटेड बीमा अस्पताल नै घोषणा गरेर सेवा दिन सकिन्छ, एसो हुँदा पूजीपतिहरु चर्को पैसा तिरेर निजी अस्पताल मा सेवा ली रहदा, गरीब निमुखा हरु पनि तेहि गुणस्तरीय सेवा निशुल्क रुपमा बिमा अस्पताल बाट लीन सक्छन ।

रणनीतिहरु

१ गोरखा अस्पतालको स्तरोनत्ति गर्ने २०० बेड को बनाउने
२ आपपिपल अस्पताललाई पुरानो बिरासत मा कायम गराउने
३ स्व्स्थ्य बिमा को कबरेज १०० प्रतिशत नमुना जिल्ला बनाउने
४ आधारभुत स्वास्थ्य सेवाहरु निसूल्क रुपमा उपलब्ध गराउने
५ खोप, पोषण , सुरक्षित मातृतो लगायत कार्यक्रम हरुमा रास्ट्रीय लक्ष्य पुरा गर्ने
६ प्रतेक गर्भवती को घर लाई सिम्बोलैजेसन गर्ने झन्डा राख्ने सुत्केरी र नवजात शिशु को स्वास्थ्य स्याहार आहारको बारेमा घरमा फ्लेक्स राख्ने
७ बिस्सो स्वास्थ्य सङगठन प्रोटोकोल अनुसार प्रतेक गर्बवती महिला को परिक्षण गर्ने बेबस्था गर्ने हरेक महिना स्त्री रोग बिशेषज्ञ द्वारा पारीक्षण गर्ने
८ भक्चेक् बजार जौबारि बारपाक आरुचनौटे मा १५ बेड अस्पताल को स्थापना गर्ने
ईमर्जेन्सी अपरेसन हरु बिशेष गरी अपरेसन गरेर बच्चा पाउने बिधी सन्चालन मा ल्याउने ।
९ प्रत्येक महिन को एक दिन हरेक महिना को अन्तिम शनिबार बिरामी सँग जनप्रतिनिधी र डाक्टर भन्ने घर दैलो कार्यक्रम सुरु गर्ने वडा सदस्यले १ दिन अघी आफ्नो गाउको बिरामी को तथ्यान्क केन्द्रमा बुजाएर साहजिकरन् गर्ने
१० अतेन्त गम्भिर बिरामीलाई रेफेरल सिस्टम मा सहजिकरन् गर्न मुख्य अस्पातल हरु गोर्खा अस्पातल, भरतपुर अस्पातल वीर अस्पातल र टिचिङ अस्पतालमा संपर्क बेक्ती को बेबस्था गर्ने
११ इ हेल्थ लाई सस्थागत गर्दै मोबाईल हेल्थ र टेलि मेडिसिनको बिकास गर्ने
१२ आँखा को ऊपचारलाई आधारभुत स्वास्थ्य सेवा मा समाबेश गराउने
१३ बिधालय स्वास्थ्य कार्यक्रमको बिकास गर्ने एक बिधालय एक स्वास्थ्य कर्मी को बेबस्था गर्ने
१४ सामाजिक न्यायको सिद्धान्तमा आधारित् रही बिपन्न र लक्षित बर्ग लाई बिशेष कोस को स्थापना गर्ने र उपचारको बेबस्था गर्ने
१५ प्राथमिक स्वस्थ्य केन्द्रमा एक्स रे र भिडियो एक्स रे को बेबस्थापन गर्ने
१६ एम्बुलेन्स सेवाको निस्चित मापदन्ड बनायेर सन्चालन मा ल्याउने, जेष्ठ नागरिक र शारीरिक असक्त ब्यक्ति बिरामि भयेमा निशुल्क औषधी रुपमा एम्बुलेन्स सेवा दिने
१७ हरेक बिद्यालयमा निशुल्क रुपमा स्यानिटरि प्याडको बितरण को बेबस्था गर्ने
१८ घरमा हुने डेली भरिलाई सुन्य मा झारेर स्किल बर्थ द्वारा १०० प्रतिशत हस्पिटल डेलिभरिको बिकास गर्ने
१९ आङ खस्ने समस्या, परिवार नियोजन लगायत महिला स्वास्थ्य सम्बन्धी स्वास्थ्य सिबिर हरेक ३ महिना मा सन्चालन मा ल्याउने डा देबकोटा अजिरकोट ५ गोरखा, हाल त्रि. बि. शिक्षण अस्पातल

प्रतिक्रिया दिनुहोस्