किनेर खाने किसान आफैँ बेच्न थाले
दरौँदी ः जिल्लाको पालुङ्टार नगरपालिका स्थित बुढीचौरका किसानहरु ब्यवसायिक तरकारी खेती तर्फ आकर्षित भएका छन् । तरकारी लगायतका खाद्यबस्तु बाहिरबाट किनेर ल्याएर जिविकोपार्जन गर्दै आएका किसानहरु अहिले आफैँ ब्यवसायिक भएका हुन् । विभिन्न गैरसरकारी संस्थाहरु र कृषि विकास कार्यालयको सहयोगमा किसानहरु ब्यवसायिक भएका हुन । स्थानीय गोविन्द न्यौपानेले भने ‘पहिले बर्खायामको समयमामात्र हरियो तरकारी खानपाइन्थ्यो । अहिले गाउँमा बाह्रै महिना हरियो तरकारी पाइने भएको छ ।’ गाउँलेले तरकारी फलाएर स्थानीय पालुङ्गटार वजार समेत बेच्न थालेको उनी बताउँछन । तरकारी उत्पादन र बजारीकरणले ग्रामीण क्षेत्रको पहिचान र रोजगारीको अवसरमा वृद्धि भई गरीव र विपन्नवस्तीहरुको जीविकोपार्जनमा सुधार उनी बताउँछन् । नियमित रुपमा प्राविधिक सहयोग, सिंचाइ र वजारीकरणको पहँुच लगायतका कार्यक्रमले गर्दा किसानलाई ब्यवसायिक हुन सहयोग मिलेको हो । उनका अनुसार किसानलाई प्राविधिक सहयोग केएर नेपाल र स्वाँरा सघन गाँउविकास केन्द्रले गरेको थियो । अहिले किसानहरु आफैँ जान्ने भएको समेत उनको भनाई छ । विभिन्न प्राविधिक तालीम, बीउ, उत्पादन सामग्री र मेसीनरी सहयोग, सिंचाइपोखरी, समुह र सहकारीको क्षमता अभिवृद्धि, वजारीकरण सहयोग लगायतका कार्यक्रमहरु संचालन गरे पछि किसानहरु ब्यवसायिक बनेका हुन् । बुढीचौरमा २३ जना किसानहरुको रहेको उत्प्रेरणा कृषि समुह समेत गठन भएको छ । समुहका अधिकांश सदस्यहरुले प्लाष्टिक टनेलमा बेमौसमी गोलभेंडा खेति गर्दै आइरहेका छन । किसानहरुले मौसमी तथा बेमौसमि भेण्टा, खुर्सानि, काँक्रा, करेला, काउली, बन्दा, सिमी, बोडी, भिण्डि लगायतका अन्य तरकारीखेती गर्ने गरेका छन् । किसानहरुको आर्थिक स्तर उकास्न यस कार्यक्रम मार्फत सहयोग पुगेको समुहका अध्यक्ष रामप्रसाद न्यौपाने बताउँछन् ।