
कृषि विकास बैंकको ५६ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
कृषि विकास बैंकको ५६ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कृषि विकास बैंक कर्मचारी संघ नेपाल गण्डकी प्रदेश समितिको आयोजनामा शनिबार पोखरामा रहेको मुख्य शाखा कार्यालय प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा ८० युनिट रगत संकलन भएको थियो । कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाईटि रक्त संचार केन्द्र क्षेत्रीय कार्यालय पोखराबाट भएको थियो । प्रमुख अतिथि कृषि विकास बैंक गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक प्रकाश कणेल ज्यूले बैंकका क्रियाशिल युनियनहरुले बैंकको व्यवसाय अलावा सामाजिक उत्तरदायित्व बोध गरी यस्ता किसिमका रचनात्मक कार्यक्रम गर्दा समाजमा सकारात्मक प्रभाव पर्ने हुदाँ भविष्यमा समेत निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रमकका अध्यक्ष कृषि बिकास बैंक कर्मचारी संघ नेपाल गण्डकी प्रदेशका संयोजक सन्तोष थापाले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदै प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गर्नुका साथै रक्त संचार केन्द्र पोखरालाई स धन्यवाद व्यक्त गरी, प्रमाण पत्र प्रदान गर्दे कार्यक्रमको समापन गर्नुभयो ।
उक्त कार्यक्रम संघका सह संयोजक सुमन सुवेदीले संचालन गर्नु भएको थियो । उक्त कार्यक्रममा कृषि विकास बैंक गण्डकी प्रदेश अन्र्तगतका विभिन्न कार्यालयहरुबाट प्रबन्धक, कर्मचारी, यूनियनका पदाधिकारीहरु, पूर्व कर्मचारी, ग्राहकबर्ग, शुभचिन्तकहरु लगाएत विभिन्न संघ संस्थाहरुको सक्रिय उपस्थिीति रहेको थियो ।
कार्यक्रममा वि.फू गण्डकी प्रदेशका संयोजक भेषराज घिमिरे, मुख्य शाखा प्रबन्धक सम्बृद्दि कार्की, नेपाल वित्तिय संस्था कर्मचारी संघ गण्डकी प्रदेशका अध्यक्ष बद्री नारायण पौडेल, कृषि विकास बैंक कर्मचारी संगठन गण्डकी प्रदेशका अध्यक्ष शालिकराम पौडेल, नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखराका सचिव सुर्य पौडेल, पूर्व केन्द्रिय सल्लाहकार टेक राज तिमिल्सीना, पोखरा जेसिजका अध्यक्ष मिनराज खड्का लगाएतका व्यत्तित्वहरु शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उक्त कार्यक्रमका विशिष्ट अतिथि कृषि विकास बैंक कर्मचारी संघ केन्द्रीय सल्लाहाकार महेश पौडेलले आफनो मन्तव्य राख्दै संघले आयोजना गरेको यस किसिमको कार्यक्रम भविष्यमा पनि निरन्तर दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा कृषि विकास बैंक कर्मचारी संघ नेपाल गण्डकी प्रदेशका संयोजक सन्तोष थापाको अध्यक्षतामा तथा कृषि विकास बैंक गण्डकी प्रदेश पोखराका निर्देशक प्रकाश कणेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।