| शनिबार, बैशाख ८, २०८१

गोरखामा करेन्ट लागेर बसका सहचालक घाइते

गोरखामा करेन्टर लागेर एक युवक गम्भीर घाइते भएका छन् ।

गोरखा नगरपालिका–८ को खुल्लुबोटे क्षेत्रमा शुक्रबार विहान करेन्ट लागेर बसका सहचालक सिरानचोक गाउँपालिकाका १९ बर्षिय सुनिल गुरुङ गंभिर घाईते भएका हुन् ।

नेपाल राष्ट्रिय भू.पु.सैनिक आवासिय बिद्यालयको स्कुले बिद्यार्थीहरुलाई स्कुल लाने क्रममा गोनपा ८ स्थित खुल्लुबोटेमा बाटोमा बसमा अझिल्एको तारलाई हटाउने क्रममा गुरुङले करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।

बा. ३ ख ९०७५ नम्बरका बसका सहचालक गुरुङलाई बिहान साढै नौ बजे करेन्ट लागेको उनले जानकारी दिए । बसको छतमा अल्झिएको तार हटाउदा गुरुङ करेन्ट लागेर भुईमा खसेको थियो ।

सो क्रममा नाक र कानबाट रगत बगे लगत्तै उपचारका लागि गोरखा अस्पताल लगिएको थियो ।

गोरखा अस्पतालमा सामान्य उपचार गरेपछि उनलाई थप उपचारका लागि लागि चितवन स्थित पुरानो मेडिकल कलेज पठाईएको जिल्ला प्रहरी कार्यालय डिएसपी लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्