| बुधबार, बैशाख १९, २०८१

लोक गायक रिजालको ‘अब त मै सानु रैन’ बोलको तीज गीत बजारमा

लोक गायक तथा लेखक घनश्याम रिजालको ‘अब त मै सानु रैन’ बोलको तीज गीत बजारमा आएको छ । रिजालसहित चोलेन्द्र पौडेल र लक्ष्मी वानियाँको स्वरमा सजिएको उक्त गीतमा वर्तमान देशको परिस्थिती र यवाहरुको बिदेशप्रतिको मोहको भाव व्यक्त गरिएको छ ।

गीतको शब्द संकलन रिजालले गरेका हुन् भने लय पशुपति शर्माको रहेको छ । भिडियो, डाइरेक्सन र कोरियोग्राफी होम गुरुङले गरेका छन् । म्यूजिक एरेन्ज बिनोद पराजुलीको रहेको छ भने मिक्सिङ खडक बाजुरेली, सिनेमेटोग्राफी दुर्गा पौडेल र भिडियो सम्पादन प्रकाश धमलाले गरेका छन् ।

गीतको भिडियोमा मोडल तथा कलाकार लोमश शर्मा, अस्मिता रानापल, अभिषेक गुरुङ र सरिता धनकुटीले अभिनय गरेका छन् । मालाश्री स्टुडियो काठमाडौंबाट रेकर्डिङ भएको उक्त गीतले समयानुकल परिवेशलाई समेटेको र युवापुस्तालाई सुहाउँदो शब्द चयन भएको गायक रिजालको दावी छ ।

प्रतिक्रिया दिनुहोस्