सिण्डिकेट लगाउँदै व्यवसायी कुट्दै निर्माण व्यवसायी संघका पदाधिकारी
नेपालको विद्यामान संविधानले संघ, संस्था खोल्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ । कुनै पेशा, व्यवसायमा लागेकाहरुले आफ्नो पेशा तथा व्यवसायिक हक हितका लागि ट्रेड युनियन खोल्न पाउने अधिकार पनि सुनिश्चित गरेको छ ।
अर्कातिर कुनै पनि व्यवसाय संवद्ध व्यवसायीहरुले समिति खोले भने त्यसले सिण्डिकेट र कार्टेलिङ गर्छ भन्ने तर्क पनि गरिन्छ ।
प्रत्युत्पादक नतिजा नआउञ्जेल यी दुवै कुराहरु ठिक छन् । तर जब नकारात्मक नतिजा आउन थाल्छ, त्यसपछि त्यस बिषयमा सोच्न बाध्य हुनुपर्छ । शक्तिशाली यातायात व्यवसायी समितिले समितिमा आवद्ध नभएका स्वतन्त्र व्यवसायीलाई गाडी चलाउन दिँदैन, सिण्डिकेट लगाएको, कार्टेलिङ गरेको नतिजा देखियो ।
त्यसैले सरकारले धेरै मिहिनेत गरेर यातायात व्यवसायी समिति खारेज गरी कम्पनीमा रुपान्तर ग¥यो । कम्पनी बने पनि कार्यशैली भने साविककै छ । दशैं, तिहार, तीज जस्ता चाडबाड आयो भने कम्पनीले समितिकै शैलीमा काम गर्छ । काउण्टरबाट टिकट काट्दैन, मनोपोली बार्गेनिङमा यात्रुसंग भाडा असुली यात्रु ओसार्छ । समिति भएको भए बरु जिम्मेवार हुन्थ्यो, जवाफदेही हुनुपथ्र्यो भन्ने आभास प्रालिले त्यतिबेला गराउँछन् ।
निर्माण व्यवसायी संघमा त्यस्तै सिण्डकेट छ । संघका जिम्मेवार पदाधिकारीले हरेक ठेक्का मिलाउन चलखेल गर्छ । समितिमा(?) कूल बजेटको सात प्रतिशत बुझाउनु पर्ने सर्तमा संघले व्यवसायीलाई धरपकड गर्न थाल्छ । स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्नबाट हरसम्भव रोक्छ ।
बिनाप्रतिस्पर्धा कसैको नाममा ठेक्का सर्वसम्मत गराउन कसरत गर्छ । हार्डकपी बुझाउनु पर्दा गुण्डागर्दी बढ्दै गएको देशी सरकारले इबिडिङको सिस्टम ल्यायो तर इबिडिङ गर्दा पनि वैँकमा सम्पर्क गरी वा कार्यालयका कर्मचारीसंग सम्पर्क गरी कसको नाउमा भौचर भरियो भन्ने आधारमा नाम पत्ता लगाई कुटपिट गर्ने निकृष्ट घटनाहरु छन् ।
स्वतन्त्र रुपमा ठेक्का बिड गर्न चाहने व्यवसायीलाई संघका जिम्मेवार पदमा रहेका व्यक्तिले घरघरमै गएर सुतिरहेको ओछ्यानबाट थुतेर कुटपिट गरेको घटना बिहिबार देखियो । व्यवसायीको हक र हितमा काम गर्न स्थापना भएको छाता संस्थाले नै व्यवसायीमाथि सांघातिक हमला गर्नु कति नाजायज छ, बुझ्न जरुरी छ ।