| बिहिबार, मंसिर २१, २०८०

बाग्लुङमा गण्डकी प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा

यही कार्तिक २१ गतेदेखि बागलुङको बाङ्गेचौर खेलमैदानमा गण्डकी प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुँदैछ। कार्तिक २५ गतेसम्म सन्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक बागलुङ जिल्ला क्रिकेट संघले जनाएको छ।

प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान)द्वारा मान्यता प्राप्त गण्डकी प्रदेशका ६ वटा जिल्ला क्रिकेट संघ सहभागी हुने बागलुङ जिल्ला क्रिकेट संघका अध्यक्ष विष्णुप्रसाद आचार्यले बताए। प्रतियोगितामा बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा र नवलपुर जिल्ला क्रिकेट संघ सहभागी हुनेछन्।

बम
कार्तिक २१ गते समुह एमा रहेका बागलुङ र पर्वतबीच बिहान ९ बजेदेखि खेल सुरु हुनेछ। त्यस्तै समूह ‘बि’मा रहेका तनहुँ र स्याङ्जाबीच दिनको १२ः४५ बजेदेखि खेल सुरु हुनेछ।

२२ गते समुह ‘ए’मा रहेका कास्की र पर्वतबीच बिहान ९ बजे तथा समूह ‘बि’मा रहेका तनहुँ र नवलपुरबीच दिनको १२ः४५ बजे खेल हुने सचिव फणिन्द्रबहादुर खड्काले बताए।

२३ गते समुह ‘ए’मा रहेका बागलुङ र कास्कीबीच बिहान ९ बजे तथा समूह ‘बि’मा रहेका स्याङ्जा र नवलपुरबीच दिनको १२ः४५ बजे प्रतियोगिता हुनेछ।

यसैगरी, २४ गते बिहान ९ बजेदेखि समूह ‘ए’को बिजेता र समुह ‘बी’को उपबिजेताबीचको प्रतिस्पर्धा हुनेछ। सोही दिन १२ः४५ देखि समुह ‘ए’को उपबिजेता र समूह ‘बी’को बिजेताबीच प्रतिस्पर्धा हुनेछ। २५ गते बिहान १० बजेदेखि फाइनल खेल हुनेछ।

प्रतियोगितको विजयी हुने संघले एक लाख १ हजार १ सय ११ रुपैयाँ पाउनेछ भने उपविजेता हुनेले ५० हजार ५५५ रुपैयाँ पाउनेछ। म्यान अफ दि सिरिजले १० हजार, बेष्ट ब्याट्सम्यानले ५ हजार, बेष्ट बलरले ५ हजार र म्यान अफ दि म्याचले एक हजार रुपैयाँ पाउनेछन्। खेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आइसिसी०को नियमानुसार खेलाइनेछ।

प्रतिक्रिया दिनुहोस्