भूकम्प प्रभावित क्षेत्र पुन:निर्माणका लागि १८ करोड ९१ लाखभन्दा बढी रकम जम्मा
कात्तिक १७ गते राति जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाको पुननिर्माणका लागि सोमवारसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १८ करोड ९१ लाख बढी रकम जम्मा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले जारी गरेको विज्ञप्ति अनुसार विभिन्न संघरसंस्था र व्यक्तिबाट १८ करोड ९१ लाख ९६ हजार १८२ रुपयाँ ८० पैसा जम्मा भएको छ ।
विनासकारी भूकम्पमा परि जाजरकोट र रुकुम ९पश्चिम०मा १५३ जनाको ज्यान गरेको थियो । ८ जिल्लामा भौतिक संरचना ध्वस्त भएको थियो ।