| मङ्लबार, बैशाख ४, २०८१

मनकामनादेखि गोरखकालीसम्मको दुई दिने पदयात्रा सकियो

रोटरी क्लब अफ गोरखाको आयोजनामा भएको मनकामनादेखि गोरखकालीसम्मको दुई दिने शान्ति पदयात्रा सम्पन्न भएको छ । शुक्रवार बिहान मनकामना मन्दिर परिसरबाट शुरु भएको यात्रा शनिवार गोरखा दरवार पुगेर सम्पन्न भएको हो ।

शुक्रवार साँझ कोटथोकमा बास बसेर शनिवार दिउँसो गोरखकाली आइपुगेको क्लबका अध्यक्ष ज्ञानहरी अर्यालले बताए । क्लबको ११९ औ स्थापना दिवसको अवसर पारेर पदयात्रा गरिएको उनले जानकारी दिए ।

‘समग्र गोरखा जिल्लाको बिकासमा पर्यटनको हात, पर्यटन प्रवद्र्धनमा रोटरी गोरखाको साथ’ भन्ने पदयात्राको मूल नारा रहेको थियो । पदमार्गको प्रचार प्रसारसँगै पर्यटन प्रवद्र्धन गर्ने उदेश्यसहित हरेक बर्ष क्लबले सो पदमार्गमा पदयात्रा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्