
सप्रि (ल्हो) ल्होसारको सन्देश :
एक बहादुर टु क्ल्हेबृ तमु, गुरुङ
तमु प्ये ल्हु संघ गाउँ इकाई समिति लक्ष्मी बजार, गोरखा ।
यस २०८१ साल पुस १५ का दिन ङिमा ल्होके तमु ल्होसारको महान पर्ब ‘सप््रही ल्हो’ ल्होसार महोत्सवको रुपमा मनाउँन गहिरहेको सन्दर्भमा तमु प्ये ल्हु संघ गाउँ इकाई समिति लक्ष्मी बजार गोरखाको तर्फबाट प््िरह ल्हो तमु ल्होसारको बारे छोटो परिचयको रुपमा, जानकारी दिन पाउँदा हर्षित छौँ ।
साथै यस महान पर्ब तमु ल्होसार महोत्सबको कार्यक्रमले हामी तमु जातिहरुको परम्परा मौलिक धर्म संस्कार र संस्कृतिको क्षेत्रमा, आर्थिकउन्नति र प्रगतिको क्षेत्रमा, कुनै पनि कुरामा राजनिती बिनाको बिषयबस्तुहरु अपाङ्ग हुनेहुँदा राजनैतिक क्षेत्रमा सफ्ल बन्ना र आधुनिक गुगल्स मेसिनेरीको माध्यमबाट, फेस्बुक, टिकटक र युट्युपको दुनियामा मनको तृष्ण मेटाउनका निमित्त, मनोरञ्जनको क्षेत्रमा, प्राबिधिक र शैक्षिक क्षेत्रमा, खेलकुद क्षेत्रमा समेत सधैँ उन्नति र प्रगति हुँदै जाओस् भन्ने बारेमा तमु प्ये ल्हु संघ गाउँ इकाई समिति लक्ष्मी बजारले कामना गर्दछ ।
संसारकै रमाइलो प्राकुतिकको सून्दर्यताले सजिएको यो सुन्दर नेपाल आमाको हिमाली काखमा रहेको हामी हिमाली भूमिपुत्र तमु जातिहरु र संसारमा प्रथम बिश्व युद्धमा सन १९१४ देखि १९१८ सम्म र दोस्रो बिश्व युद्ध सन १९३९ देखि १९४५ सम्मको बिशाल बिश्व युद्धको आवधिमा बाहादुरी देखाए र भि.सि प्राप्त बिर गोरखालीको नामबाट चिनिने बिश्व प्रख्यात थमान सिङ गुरुङ, भानु भक्त गुरुङ, लक्ष्माण गुरुङ र गजे घलेको थकथलोमा अवास्थित हामी गोरखाली तमु जातिहरु यस बर्षको (सप्रि ल्हो) सप्रि ल्हो ल्होसारको महान पर्ब मनाउँन गहिरहेको सन्दर्भमा सम्पूर्ण तमु जातिहरुलाई शुभकामना दिन चाहन्छौं ।
संसारमा समयअनुकुलमा मात्र प्रजन्नन् हुने १० वटा जीब जनावरहरु र २, वटा पञ्छीको नामबाट प्रख्यात महान पर्ब तमु ल्होसार, च्यु, ल्वोँ, तो, ह्यूइ, मुख, सप्रि, त, ल्हु, प्र, च्ह्य, खी, फ्mो, गरी यि माथि उल्लेखित ल्होहरु प्रत्येक बर्षहरुमा एक पटक आ– आफ्नो बर्गमा त्यो एउटा ल्हो शक्तिशाली बलवान श्यँर स्यारासी भएर आउँछ ।
यो ल्हो स्यारासी हुने हुँदा प्रत्येक बर्ष पुस १५,को बिहान पच्यु गुरुले रक्षाको निमित्त क्ष्योपा त्हेँ, क्ष्योपा फाल्ने काम गर्दछन् । क्ल्हेबृँ गुरुले थासोँ त्ह,ेँ थावा फाल्ने काम गर्दछन् । प्राकृतिक बोन लम गुरुले पार्ग त्ह,ेँ पार्ग फाल्ने काम गर्दछन् । फस्यु गुरु र पैँडी गुरुले प्येरु त्हेँ, लाको भाको सिल्दो नाल्दो भूत पिचास लखट्ने काम गर्दछन् ।
यो अक्ष्यंशाको आधारमा फ्रक फ्रक समय अनुकुल मंगोल समुदायहरुले मनाउँने महान पर्ब हो । यसै गरी यो पर्बलाई साईबिरिया र रशियाका पूर्बी भू—भाग मंग टोँ, उत्तर कोरिया, दक्षिण कोरिया, चिन, जापान, ताईवान, मकौउ, ईन्डोनिशिया, मंगोलिया, थाईल्यान्ड, हङकङ, बर्मा, सिङगापुर, श्रीलङ्का, भुटान, नेपाल, भारतको उत्तर खण्ड, सिक्किम, दार्जलिङ्घ, सिम्ला हिमाञ्चल प्रदेश, जम्मु कास्मीर, ल्येलदक, तिब्बत तथा बेलायत, अमेरिका, कुबेत, साउदी, दुबाई, कतार, जर्मान, फराँस, स्पेन, पर्जुकल, नर्वाई आदि धेरै देशहरुमा रहेका प्रबासी तथा अप्रबासी नेपाली तमु, गुरुङ जातिहरुले यो (सप्रि ल्हो) प्रिल ल्हो ल्होसारको महान पर्ब मनाउँने क्रममा बर्षै बिच्छे जुटेको हुन्छ ।
ल्होसारको बारे छोटकारीमा ब्याख्या गर्नु पर्दा, संसारमा पृथ्बीले सूर्यलाई परिक्रमा गर्नेक्रममा पृथ्बी ६६.५० डिग्री ढल्केको कारण दिन र रात अक्षंशाको आधारमा लामो र छोटो हुने समयको हिसाबले ङिम ल्होके तमु ल्होसार पर्ब मनाउने समय फ्mरक भए पनि सबैको एकै किसिमको ल्हो ल्होसारको नाम मिल्ने भएकाले यति संसार फ्mैलिएको ल्होसार पर्ब दुई,चार हजार बर्ष मात्र नहुन सक्छ । पुस १५, को ङिमा लोके तमु ल्होसार तमु जातिहरुको एउटा प्राचीन पर्बको चिनारी हो । ल्होसार भनेको तमु जातिको एउटा सामाजिक संरचनाको प्रमुख विशेषता पनि हो । ल्होसार आदिमकाल देखि तमु जातिको जैविक बिबिद्धता, सामाजिक संरचना र सांस्कृतिक तथा परम्पराबाट निरन्तरता दिँदै आएको मुख्य पर्व पनि हो ।
सव भन्दा पहिले तमु जातिको ल्होसार नश्लको हिसावले आदिम साम्यवादी युग देखि सुर्यलाई आधार मानि पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा र पृथ्वीको उत्तरी ध्रुर्व तिर सूर्र्य नजिक पर्न जाने र कहिले दक्षिण ध्रुर्व तिर सूर्य नजिक पर्न जाने १४ पुस राती मध्यरातबाट धेरै पहिलेका तमु जातिहरुले बत्ती बाली खेमा राख्ने चलन पनि थियो ।
खेमा राखि सके पछि रात भरी क्रमश ः अलि–अलि बन तरुलहरु र रोटी रक्सीहरु खाइ रहनु पर्ने भन्ने परम्पराको किम्बदन्ती पनि छन् । प्राकृतिक बोन संस्कार अनुसार प्रत्येक बर्षको महान पर्ब तमु ल्होसार तो क्हुन्दोबाट नै सुरु हुने हुँदा तो क्हुन्दो पुस १५,मा सुरु हुने भएकाले त्यस दिनलाईनै आधार मानी तमु जातिहरुले आफ्नो ल्होसार पर्व राखेको पाइन्छ । तमु भाषामा बर्ग भनेको बर्ष हो । त्यसैले तमु जातिको साधारण भाषामा उही नामको पुरानो ल्हो नै फ्mेरी फ्mेरी फ्mर्केर आए त पनि हाल प्राय जस्तो कतिपय तमु जातिहरुले ल्हो भनेको वर्ग, सार भनेको नयाँ भन्ने परम्परा पनि बिभिन्न गाउँ ठाउँहरुमा पाईन्छ ।
तर हाम्रो ल्होसार आउँन लागे पछि मन खुशी भएर आउँने भएकाले त्यसै अनुसारनै प्रत्येक पुस १५ नयाँ ल्होसार भनेर मनाउदै आएको पनि पाईन्छ । ल्होसार तमु जातिको एउटा महान पर्ब हो । पुस १४ लाई गएको ल्होलाई विदाई र पुस १५ आईसकेको ‘ल्हो’ आगमन्को स्वागत गर्दै सम्पूर्ण तमु जातिको छै आयु बढोस भन्दै निधारमा सेतो टिका लगाई शुभकामना आदन प्रदान गरिने दिन हो ।
प्रत्यक बाह्र बाह्र बर्षहरुमा त्यही नामको ल्हो दोहोरिएर आउँदा नयाँ बर्ष भन्नु भन्दा महान ल्होसार पर्ब मात्र भन्ने परम्परा पनि थियो । तमु जातिहरुको एक बर्षमा बर्ष भरीको तो क्हुन्दो देखि ल्वोँ क्हुन्दो सम्म एउटा ल्होकोर पुरा हुने भन्ने परम्परा पनि रहेको पाईन्छ । फेरी प्रत्येक १२÷१२ बर्षहरुमा आउने ल्होकोरमा आ–आफ्नो पुरानो त्यही ल्हो र त्यो ल्हो फ्mेर्न एक बर्ग लाग्छ त्येसलाई नै तमु भाषामा बाह्र महिनामा र बाह्र बाह्र बर्षहरुमा फेर्ने ल्होकोर भन्ने परम्परा छ । तमु जातिहरुले मनाउदै आएको ल्हो १० वटा जीब जन्तुहरु तथा २, वटा पञ्छीहरुको नामले सजिएको हुन्छ ।
आफु जन्मेको ल्होकोर पुरा हुन १३, बर्ग लाग्छ । सुरुमा १३ बर्गमा आफ्नो त्यही नामको ल्हो आउँछ, त्यसलाई १, ल्होकोर भन्ने परम्परा छ । त्यसैको आधारमा ल्होसार मनाउँदै आएका हुन् । तमु जातिको परम्परा अनुसार सुरुमा १३ बर्गमा १ ल्होकोर, एउटा ल्हो पुरा हुन्छ । त्यस पछि १२÷१२ बर्गहरुमा १(एक) ल्होकोर पुरा हुदँै जान्छ । २५ बर्ग २ (दुई) ल्होकोर ३७ बर्गमा ३ ल्होकोर ४९ बर्गमा ४ ल्होकोर ६१ बर्षमा ५ ल्होकोर हुदँै क्रमश ः जान्छ ।
ल्होसारको जन्म पृथ्वीले सूर्यलाई परिक्रमा गर्दा प्रत्येक पल पलमा समय फेरिएर उहि आफ्नै ग्यालक्सी सेन्टार, रबी मार्ग को स्थानमा पुगे पछि एउटै समय हुने भएकाले त्यसैको आधारमा ल्होसार पर्व मनाउँदै आएको मानिन्छ । कुनै तमु खेगी चिबाहरुले यो ल्होसार आदिम ढुङ्गे युग तथा जंंंंगली र फ्mिरन्ते युगमा जो आ–आफ्नो समुहमा भेला बसी जीबीकोपार्जन गर्न बढी फ्mल फ्mूल, माछा र शिकार पाउने क्षेत्रलाई आफ्नो समुहको मुआब्जा बनाउने दिन हो भनेर पनि भन्ने गरेको पाईन्छ ।
ल्होसारको एक संक्षिप्त परिचय गराउँनु पर्दा ल्होसारको सुरुवात कसरी भयो भन्ने कुरा आउँछ । सवभन्दा पहिले ल्होसार एशियन् जिन्जहरुको नश्लका हिसावले आदिम साम्यवादी यूग देखि सूर्यलाई आधार मानि पृथ्वीले सूर्यलाई परिक्रम गर्ने क्रममा र पृथ्वीको उत्तरी धु्रर्वतिर सूर्य नजिक पर्न जाने पुस १५ तो क्हुन्दो देखि समय परिवर्तन हुँदै जाने क्रममा निर्धारण गरेको पाईन्छ । तर ल्हो नयाँ होईन पुरानै ल्हो घुमेर फ्mेरी फ्mर्केर उहि ठाउँमा आई पुग्दा ल्होसारको महान पर्ब मनाएको मात्र हो ।
जब सुरुमा क्लेसोँदिँ, प्रिसोँदिँ भित्र, सरासोँ मुराप्लीबाट परिबर्तन भइ सराप्ली, मुराप्लीको उत्पति मुलकका कुराहरुको बारे तमु जातिको सभ्यता बिकासको क्रममा थिम्ज्याबाट बिम्ज्याको प्रि ताँले मौसम परिबर्तन कुन कुन समयमा हुन्छ भन्नेर आध्यात्मिक ज्ञान बद्र्धक कुराहरुमा बिकास भएर आयो ।
तमु जातिले मनाउने प्राकृतिक मौसम्, (सिजन्हरु) ः
१) ङोँचै सौँ= तोलोम= चैत, बैशाख, जेठ ।
२) बर्ष सोँ= सिपो ल मास= आषार, श्रावाण, भदो ।
३) सर्ख सोँ= सर्ख ल÷मोलोम= असोज, कार्तिक, मंसिर ।
४) कुँईसोँ= सर्ख ल मास= पुस, माघ, फागुण ।
यसैको आधारमा समय अनुकुल मात्र प्रज्नन् हुने जीबप्राणीहरुलाई मात्र आदिम कालमा मंगोल पुर्खाहरुले बर्षको एक पटक मात्र प्रज्नन् हुने र चल्ने जीबप्राण्ीहरुलाई छान्न जान्नु बिज्ञान सम्बाद रहेको छ । यसैको आधारमा ल्होसारको सृष्टी भएको कुरा अलिकत तल उल्लेख गरिएका छन् । हामी तमु जातिले प्रत्येक (क्हुन्दो) महिनाको ङिम गन्दा र छुटाउँदा तल उल्लेख गरे अनुसार दैनिक ङिम गन्ने प्रचलन अजै सम्म रहेका छन् ।
नं. (१) तो क्हुन्दो पुस १५, देखि सुरु भएर माघ १४ सम्म रहन्छ । तो क्हुन्दो (बाघ बर्ग) को महिनालाई मानिन्छ । माघ महिनामा बाघ धेरै देखा पर्छ । यसैले बाघहरु पुस १५ देखि माघ १४ सम्म बाघ प्रज्नन् हुन्छ र बाघले बाघको सन्तान बृद्धी गराउन बाघेनी खोज्दै हिडछन् । यो महिना तमु जातिले तो क्हुन्दो भनेर मानिन्छ ।
नं. (२) ह्यूइ क्हुन्दो माघ १५, देखि सुरु भएर फागुण १४ सम्म रहन्छ । ह्यूइ क्हुन्दो (बिरालो बर्ग) को महिनालाई मानिन्छ । फागुण महिनामा बिरालो धेरै देखा पर्छ । बिरालोहरु माघ १५ देखि फागुण १४ सम्म बिरालो प्रज्नन् हुन्छ र बिरालोले बिरालोको सन्तान बृद्धी गराउन माउ बिरालो खोज्दै त्यस बेला जाहाँ सुकै बिरालोहरु ङिङय ङुङुङ, ङङारर ङुरङुरर कराएको सुनिन्छ र लड्र्दै हिडछन् । यो महिना तमु जातिले ह्यूइ क्हुन्दो भनेर मानिन्छ ।
नं. (३) मुप््िरह, मुख क्हुन्दो फागुण १५, देखि सुरु भएर चैत्र १४ सम्म रहन्छ । मुख क्हुन्दो (गडुल बर्ग) को महिनालाई मानिन्छ । चैत्र महिनामा आकाशमा गडुल धेरै देखा पर्छ । गडुलहरु फागुण १५ देखि चैत्र १४ सम्म गडुलहरु प्रज्नन् हुन्छ र गडुलको सन्तान बृद्धी गराउन माउ गडुल खोज्दै त्यस बेला आकाशमा जाहाँ सुकै गडुलै गडुलहरु उडिरहेकै देखिन्छ । यो महिना तमु जातिले मुख क्हुन्दो भनेर मानिन्छ ।
नं. (४) प््िरह क्हुन्दो चैत्र १५, देखि सुरु भएर बैशाख १४ सम्म रहन्छ । प््िरह क्हुन्दो (नाग बर्ग, सर्पा बर्ग) को महिनालाई मानिन्छ । बैशाख महिनामा जत्ता तदै धेरै सर्पाहरु देखा पर्छ । सर्पाहरु चैत्र १५ देखि बैशाख १४ सम्म सर्पाहरु प्रज्नन् हुन्छ र सर्पाको सन्तान बृद्धी गराउन माउ सर्पा खोज्दै त्यस बेला जाहाँ सुकै सर्पै सर्पाहरु देखिन्छ । यो महिना तमु जातिले सप््िरह, प््िरह क्हुन्दो भनेर मानिन्छ ।
नं. (५) त क्हुन्दो बैशाख १५, देखि सुरु भएर जेष्ठ १४ सम्म रहन्छ । त क्हुन्दो (घोडा बर्ग) को महिनालाई मानिन्छ । जेष्ठ महिनामा जत्ता तदै धेरै घोडाहरु जम्मा भएको देखा पर्छ । घोडाहरु बैशाख १५ देखि जेष्ठ १४ सम्म घोडाहरु प्रज्नन् हुन्छ र कराउँछ । घोडाको सन्तान बृद्धी गराउन घोडीहरु खोज्दै त्यस बेला जाहाँ सुकै घोडा र घोढीहरु चलेको देखिन्छ । यो महिना तमु जातिले त क्हुन्दो भनेर मानिन्छ ।
नं. (६) ल्हु क्हुन्दो जेष्ठ १५, देखि सुरु भएर आषाढ १४ सम्म रहन्छ । ल्हु क्हुन्दो (भेडा बर्ग) को महिनालाई मानिन्छ । आषाढ महिनामा जत्ता तदै भेडाहरु धेरै चल्छ र धेरै मातिन्छ भेडी भएको ठाउँहरुमा धेरै भेडा साँडहरु जम्मा भएको देखा पर्छ । भेडाहरु जेष्ठ १५ देखि आषाढ १४ सम्म भेडाहरु प्रज्नन् हुन्छ र भेडाको सन्तान बृद्धी गराउन भेडा साँरहरु धेरै चल्छ र भेडी खोज्दै त्यस बेला जाहाँ सुकै भेडा साँडहरु चलेको देखिन्छ । यो महिना तमु जातिले ल्हु क्हुन्दो भनेर मानिन्छ ।
नं. (७) प्र क्हुन्दो आषाढ १५, देखि सुरु भएर सावान १४ सम्म रहन्छ । प्र क्हुन्दो (बाँदर बर्ग) को महिनालाई मानिन्छ । सावान महिनामा जत्ता तदै लेक र बेसीहरुको खेत बारीहरुमा मकै बालीहरु आदि पाक्न लाग्दा बाँदरहरु खुशी भई खेत बारीहरुमा हुलका हुल आउँछ । अरु समयमा कम देखिन्छ । यसै गरी अषाढ १५ देखि श्रावण १४ सम्म बाँदरहरु प्रज्नन् भएर डाँडा, पाखा, बन जंगलका रुखहरुमा बाँदरहरु ङिङेयर ङिङयुर कराएर बेसारी लडछन् र बेसरी मातिएर चल्छन् । यो महिना तमु जातिले प्र क्हुन्दो भनेर मानिन्छ ।
नं. (८) च्या क्हुन्दो सावान १५, देखि सुरु भएर भदो १४ सम्म रहन्छ । च्याया क्हुन्दो (चरा बर्ग) को महिनालाई मानिन्छ । भदो महिनामा आकाशमा चराहरु धेरै देखा पर्छ । चराहरु सावान १५ देखि भदो १४ सम्म चराहरु प्रज्नन् हुन्छ र चराको सन्तान बृद्धी गराउन माउ चरी खोज्दै त्यस बेला आकाशमा जाहाँ सुकै चरै चराहरु उडिरहेकै देखिन्छ । यो महिना तमु जातिले च्याह क्हुन्दो भनेर मानिन्छ ।
नं. (९) खि क्हुन्दो भदो १५, देखि सुरु भएर असोज १४ सम्म रहन्छ । खि क्हुन्दो (कुकुर बर्ग) को महिनालाई मानिन्छ । भदो र असोज महिनामा जत्ता सकै कुकुरै कुकुर हुलका हुल जमेर हिडछ । अरु महिनाहरुमा कुकुर कम दखिन्छन् यस महिनामा कुकुरहरु धेरै देखा पर्छ । कुकुरहरु भदो १५ देखि असोज १४ सम्म धेरै प्रज्नन् हुन्छ र सन्तान बृद्धी गराउनकुकुरहरु कुकुरनीलाई खोज्दै त्यस बेला जाहाँ सुकै कुकुरै कुकुरहरु चलेकै देखिन्छ । यो महिना तमु जातिले खि क्हुन्दो भनेर मानिन्छ ।
नं. (१०) फो क्हुन्दो असोज १५, देखि सुरु भएर कार्तिक १४ सम्म रहन्छ । फो क्हुन्दो (मृर्ग बर्ग) को महिनालाई मानिन्छ । असोज र कार्तिक महिनामा जत्तासुकै मृर्गहरु कराएको सुन्छ र मृर्गहरु हिँडिरहेको भेट्छ । अरु महिनाहरुमा मृर्ग कराएको कम सुनिन्छ यस महिनामा धेरै मृर्गहरु पनि देखा पर्छ । मृर्गहरु असोज १५ देखि कार्तिक १४ सम्म धेरै प्रज्नन् हुन्छ र सन्तान बृद्धी गराउन भाले मृर्गहरु पोथी मृर्गिनी खोज्दै हिडछन् । यो महिना तमु जातिले फो क्हुन्दो भनेर मानिन्छ ।
नं. (११) च्यु क्हुन्दो र्कार्तिक १५, देखि सुरु भएर मंसिर १४ सम्म रहन्छ । च्यु क्हुन्दो (मुसा बर्ग) को महिनालाई मानिन्छ । कार्तिक र मंसिर महिनामा जत्ता सुकै सबै तिरबाट अन्ना घरमा जम्मा भई सके पछि र अन्ना घरमा थन्क्याए पछि घरमा मुसाको जात्रा हुन्छ । अरु बेला मुसा कम हुन्छ त्यति खेरा मुसा बेसरी बढ्छ र कार्तिक १५ देखि मंसिर १४ सम्म मुसा प्रज्नन् भई च्याँ च्याँ चिँचिँ कराई चलपहल हुन्छ र सन्तान बृद्धी गराउँछ । यो महिना तमु जातिले च्यु क्हुन्दो भनेर मानिन्छ ।
नं. (१२) ल्वों क्हुन्दो मंसिर १५, देखि सुरु भएर पुस १४ सम्म रहन्छ । ल्वो क्हुन्दो (गाई बर्ग) को महिनालाई मानिन्छ । मंसिर र पुस महिनाको जाडो याममा गाई बस्तुहरु लेकबाट बेसी झर्दा गाई गोरु बेसरी चल्छ मातिन्छ । त्यस समयमा गाई र गोरु प्रज्नन् भएर गोरुहरु गाई भएको ठाउँमा जान्छ र मातिन्छ । अरु महिनाहरुमा कम चल्छ । गाई बस्तुहरु मंसिर १५ देखि पुस १४ सम्म धेरै प्रज्नन् हुन्छ र सन्तान बृद्धी गराउन गोरुले गाई खोज्दै हिडछ । यो महिना तमु जातिले ल्वोँ क्हुन्दो भनेर मानिन्छ ।
यसैले तमु ल्होसार कसरी सुरु हुदै आयो भन्ने बारे प्रत्येक बर्ष आउँने महान पर्ब पुस १५, को तमु ल्होसारलाई यि माथि उल्लेखित विभिन्न १० वटा जीबजन्तुहरु र २, वटा पञ्छी गरी १२ वटा जीबहरुको नामबाट बिस्तृत जानकारी हुन्छ । त्यसैको आधारमा तमु भाषामा प्रत्येक (क्हुन्दो) महिनाको एउटा, एउटा जीबको नामले १२ महिनाको १२, वटा नाम समाबेश गरीएको हुन्छ । त्यसै गरी प्रत्येक दिनको पनि ङिमहरु गन्ती हुन्छ र प्रत्येक महिनाको १ गतेबाट ङिम गन्न सुरु हुन्छ ।
ल्होसारको अर्थ चोँ भाषामा सार भनेको नयाँ र छार भनेको एक बर्गबाट अर्को बर्गमा फेर्ने नयाँ दिन हो । एउटा फूल झाँगेर अर्को फुल फक्रेको पनि छार नै भनिन्छ । ल्हो गन्ती गर्दा तो ल्होबाट ल्वाँे ल्होमा आईपुग्दा १२ ल्हो पुरा हुन्छ । १२ ल्हो पुगे पछि एक ल्होकोर भन्ने परम्परा छ । यो ङिम लोके तोला ल्होसार तमु ल्होसारको सम्बात राख्ने मूल आधार अरु के पनि छैन । अहिले तमु ज्योतिषहरुले तमु ल्होसार सम्बात कुन र केका आधारमा राख्ने भन्ने छल्फल हुने क्रम जारी छ ।
जुन बर्षमा पुस १५ देखि जुन ल्हो चलेर बर्ष भरी त्यही ल्होले भोग गर्दछ । त्यसको बढी (श्यारासी) शक्तिशाली शेर भएर आउँछ । जुन बर्षमा आउँने त्यो ल्होलाई अरु ल्होबाट असर पार्न सक्छ । त्यसको शक्तिले वरीपरी अरु ल्होहरुलाई पनि असर पार्न सक्ने भएकाले त्यो ल्हो स्यारसी भएर आएको हुँदा १२ वटै ल्होलाई नै असर पार्न सक्दछ ।
त्यसैले ल्हो स्यारबको त्हेँ गर्नु पर्छ भनेर पुस १५ को बिहानै तमु गाउँ बस्तीहरुमा सबै तमुहरु एकै ठाउँमा भेला भई पच्यु गुरुले क्ष्योपा त्हेँ, क्ष्योपा फाल्ने गर्दछन् । क्ल्हेबृँ गुरुले थासोँ त्हेँ,थावा फाल्ने गर्दछन् । प्राकृतिक बोम्पो लम गुरुले पार्ग त्हेँ, पार्ग फाल्ने गर्दछन् । फस्यु र पैँडी गुरुले प्येरु त्हेँ । लाको भाको उडाउने गर्दछन् ।
यि माथि उल्लेखित तमु खेगी गुरु ज्यूहरुले उल्लेखित ल्होहरु मध्ये सोही बर्षमा आउँने एउटा ल्हो असध्ये शक्तिशाली बलवान् भएर आउँने हुँदा त्यसको असरलाई रक्षा गर्न र स्यारसीको असरलाई पञ्छाउँने काम गर्दछन् । त्यसैले १५ पुसका दिन बिहानै प्राकृतिकबादी बोन लम, पच्यु र क्ल्हेबृँले बाह्र ल्हो स्यारसीलाई प्ल्हखुँ गर्न ल्होको ग्रह शान्ति पूजा गर्न त्यो क्ष्युपा त्हेँ, थासोँ त्हेँ, पार्ग त्हेँ र प्येरु त्हेँ गरी सके पछि यौक्ङकु छैकु पूजा गरी सम्पूर्ण जनतालाई ल्होको असर हटाउँन रिपु, रिपा लगाउँने परम्परा रहेका छन् । त्यस दिन बिहान बोन लम गुरुले पार्ग त्हेँ गर्दछन् ।
किनभने सूर्यले दिशा परिबर्तन गरिसकेको भन्ने परम्परा र मौसम् पनि परिबर्तन हुँदै जाने र १५, पुस देखि दिन लम्बिन्दै जान्छ । रात छोटिन्दै जान्छ । तातोताप, बढ्दै जान्छ, चिसो कम हुँदै जान्छ । गर्मी सिजन्सुरु हुन्छ । बन जंगलहरुमा झारपात बोटबिरुवाहरु उम्रन थाल्छ । पात झरिसकेका बोटबिरुवाहरु तथा रुखहरुमा नयाँपालुवा पलाउन थाल्दछन् । फल फुलका बोटहरुमा फूल फुलेर फल फल्न थाल्दछन् । जमिनमुनिका किरा फटेङग्राहरु पनि रमाएर बाहिर निस्कि आ–आफ्नो भाषा र धुनमा गीतगाई उफ्रिन थाल्छन् । बनका चरा चुरुङ्गीहरु पनि आ–आफ्नो जोडी खोजेर गुँड बनाउन थाल्छन् फुल पार्छन र चल्ला निकाल्छन्, हुर्काउँछन् ।
बन जंगलमा अन्य जीबजन्तुहरुले पनि माघ, फागुण देखि ठाउँ अनुसार ठाउँ हेरे र आषाढको १५ सम्म प्राय बच्चा जन्माउन सक्दछन् यी सबै प्रकृतिकै नियमको आधारमा चलेको देखिन्छ । हामी तमु जातिहरु प्राकृतिक पूरानो बोन धर्म संस्कार र संस्कृतिमा आस्था र बिश्वास राख्ने ब्यक्तिहरु भएकाले प्रत्येक ढुङ्गा ढुङ्गामा प्राकृतिक दैबिकशक्ति हुन्छ र प्रत्येक डाँडाकाँडा भञ्ज्याङका यम्पो देउरालीहरुमा पनि प्राकृतिक दैबीकशक्ति हुन्छन् भन्ने बिश्वासका आधारमा यो आउँने ल्होसारहरुमा पनि प्रकृति पूजा गर्ने गरेका छन् ।
कुनै तमु बस्तीहरुमा आफ्नो तमु जाति भित्र जो जस्को जन्म बर्ष अर्थात ल्हो र जन्म महिना पर्छ उसैको शक्ति अली बढीनै शक्तिशाली भएर बर्ष भरी अघि र पछि चन्चलता हुन्छ । त्यसैले माथि उल्लेखित कुराहरुमा उनीहरुको आयु बढोस भनेर यस पुस १५ को दिन बिहानै पच्यु, क्ल्हेबृँ र बोन लम गुरु ज्यूहरुले ल्हो स्यारबा भनेर ल्हो पूजा गरी छै आयु बढाउँनको लागी छै आयुको पूजा गर्दछन् र सबैलाई प्ल्हखुँ गरी रिपु, रिपा (धागो) लगाई दिने परम्परा रहेको छ ।
अन्तमा, तमु ल्होेसार ङिमा लोके (सप््रही ल्हो) प््िरह ल्होसार आगमनको सन्दर्भमा नेपाल लकायत संसारका बिभिन्न देशको प्रबासमा बसोँबास गर्ने प्रबासी तमु दाजु, भाई, दिदी, बैनी, बुबा, आमाहरु तथा अप्राबासी नेपाली तमु दाजु, भाई, दिदी, बैनीहरु सबैलाई सुख शान्ति समृद्धि र दिर्घायु रहोस् भनी यस (सप््रही ल्हो) प््िरह ल्हो ल्होसारकोको शुभकामना ।
त्हेँको समय:
१) पुस १५ बिहान ७ बजे देखि ९ बजे सम्म ।
२) बिधिहरु: क्ष्योपा त्हेँ, पार्ग त्हेँ, थासोँ त्हेँ र अलाँ त्हेँ ।
३) खेगी गुरुहरु: एक बहादुर टु क्ल्हेबृ तमु र टि.बी.लम तमु आदि ।