| आइतवार, माघ २७, २०८१

भूमि समस्या समाधान आयोग गोरखाको अध्यक्षमा पन्त

भूमि समस्या समाधान आयोग जिल्ला समिति गोरखाको अध्यक्षमा राजनराज पन्त नियुक्त भएका छन् । सोमवारको मन्त्रीस्तरीय निर्णय अनुसार उनी अध्यक्षमा नियुक्त भएका हुन् । भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ को दफा ८ को उपदफा (१) को खण्ड (क) बमोजिम पन्तलाई गोरखाको अध्यक्षमा नियुक्त गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले जनाएको छ ।

उक्त आदेशको दफा ८ का उपदफा (३) बमोजिमको पदावधि कायम हुने सचिव अर्जुनप्रसाद पोखरेलले बताए । उनले सपथ समेत लिएका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पन्तसहित ७१ वटा जिल्लाका अध्यक्षहरुलाई सपथ गराएका हुन् ।

आयोगका सदस्यहरु केही दिनमा नियुक्त गर्ने र उनीहरुको सम्बन्धित प्रदेशमा सपथ ग्रहण कार्यक्रम गरिने मन्त्रालयले जनाएको छ । कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले आयोगका जिल्ला अध्यक्षहरूलाई ३ वर्षभित्र जिल्लामा देखिएका भूमि समस्या स्थायीरूपमा समाधान गर्ने गरी काम गर्न निर्देशन समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्