| आइतवार, माघ २७, २०८१

नानीमायाको पाठ : आत्मनिर्भरता, स्वाभिमान र आत्मसम्मान

अक्सर हामी अहिले ‘हातको मैला, सुनका थैला’ खोज्दै भौँतारिरहेका छौँ । तर लक्ष्मीप्रसाद देवकोटाले ‘साग र सिस्नु खाएको बेस आनन्दी मनले’ भनेर आम नेपालीलाई संस्कार सिकाएको झण्डै एक सताब्दी पुगेको छ । ३० बर्षअघिसम्म हामी नेपाली कोरियासम्म धान निर्यात गथ्र्यौँ । सिंगो तिब्बत नेपालकै बजार थियो ।

काठमाडौँका नेवारहरुले तिब्बतमा सामान निर्यात गरेर धनार्जन गरेको अहिले पनि जीवित साक्षी छन् । तर आज हामी केवल श्रम मात्र निर्यात गर्छौँ, बाँकी हरकुरा हरदेशबाट आयात मात्र गर्न जानेका छौँ । यो बिसंगत परिस्थितिका निर्माता अरु कोही नभएर हामी स्वयं हौँ ।

हामी अल्छी होइनौँ, श्रमका स्रोत हौँ, तर हाम्रो श्रम केवल विदेशमा मात्र प्रयोग हुन्छ । अब हामीले यो प्याटर्न अलिकति परिवर्तन गर्नुपर्ने छ । हामीले विदेशमा गर्ने श्रम अब स्वदेशमै ग¥यौँ भने एक त हामी आत्मनिर्भर हुनेछौँ, अर्कोकुरा हामी स्वाभिमानी हुनेछौँ ।

यो पाठ मनकामनाकी नानीमाथा थापाले सिकाएकी छिन् । फूल बेचेरै उनले लाखौँ आर्जन गर्छिन्, घर परिबारको व्यवस्थापन गर्छिन् । त्यसका लागि न धेरै लगानी गर्नुपर्छ, न धेरै तनाब बहन गर्नुपर्छ । पहिले त उनी पनि फूल आयातै गर्थिन्, तर पछि बाहिरबाट आयात गर्नुपर्ने फूल आफै उत्पादन गर्न सुरु गरिन् । आफै उत्पादन गर्ने, आफै बिक्री गर्ने गरेपछि उनको आम्दानी दोब्बर बढेको छ ।

उनी फूलमा सफल भइन् भनेर सबैले फूलै खेती गर्नुपर्छ भन्ने छैन । जहाँ जे सुहाउँछ, जहाँ जे ठिक हुन्छ त्यही काम गर्नपर्छ ।
अक्कल लगाउनुपर्छ नेपालमै, आफ्नो गाउँ ठाउँमै आयआर्जन गर्न सकिन्छ । आफ्नै स्वरोजगारले आत्मसम्मान पनि हुन्छ, आत्मनिर्भर पनि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्