| सोमवार, अशोज ५, २०७७

दोस्रो भट्टबेसी कपको उपाधी सनराईज युथ क्लव तीनकिलोलाई

गोरखा नगरपालिका वडा नम्बर १४ मा भएको दोस्रो भट्टबेसी कपको उपाधी सनराईज युथ क्लव तीन किलोले उचालेको छ । आयोजक भट्टबेसी युथ क्लवलाई २—१ गोल अन्तरले पछि पार्दै तीनकिलोले उपाधी जितेको हो ।
बिजेता टिमलाई गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले पुरस्कार बितरण गरेका हुन् । बिजेता टिमले नगद ३० हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाएको छ भने उपबिजेताले १५ हजार र सेमिफाईनमा पुगेका ग्रिनल्याण्ड युथ क्लव ढुङगेटारी र आयोजक टिम भट्टबेसी युथ क्लव नगद पाँच/पाँच हजार रुपैयाँ सहित प्रमाणपत्र दिइएको छ ।
गोरखा नगरपालिका १४ भट्टबेसी मैदानमा २२ गतेदेखि सुरु भएको प्रतियोगितामा २१ टिमको सहभागीता रहेको थियो । प्रतियोगितामा सुजन थापा उत्कृष्ठ गोलकिपर, सुवास परियार सर्वाधिक गोलकर्ता र रबिन ठकुरी उत्कृष्ठ खेलाडी घोषित भए । प्रतियोगिता प्रथम पुरस्कार सुनगाभा सेनेटरी सेल्स एण्ड सप्लायर्सले प्रयोजन गरेको आयोजकले जनाएको छ । नगरप्रमुख राजनराज पन्तको प्रमुख आथित्यमा भएको कार्यक्रममा क्लवका अध्यक्ष मोदबिक्रम ठकुरीले मैदान अझै स्तरीयर बनाएर हरेक वर्ष फुटबल प्रतियोगिता गर्ने बताए । उक्त मैदान करिब एक करोड लगानीमा जग्गा खरिद गरेर युवा क्लवले तयार गरेको हो । अहिले १३ लाख रुपैयाँ खर्च गरेर स्तरोन्नती गरिएको र अझै बिस्तार गर्ने योजना रहेको क्लवका राजेन्द्र ठकुरीले बताए ।

प्रतिक्रिया दिनुहोस्