| शनिबार, बैशाख ८, २०८१

सौरपानीमा भएको फुटवल प्रतियोगिताको उपाधी वडा नम्बर ८ ले जित्यो

 

बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानीमा भएको वडा स्तरीय फुटवल प्रतियोगिताको उपाधी वडा नम्बर ८ ले जितेको छ । गाउँपालिकाको आयोजनामा भएको वडा स्तरीय फुटवल प्रतियोगितामा वडा नम्बर ८ ले वडा नम्बर ६ लाई तीन/शुन्य गोलको अन्तरले पराजित गर्दै उपाधी जितेको हो ।

प्रतियोगितामा प्रथम बिजेता वडा नम्बर ८ ले नगद रु ५० हजार, उपबिजेताले नगद रु ३० हजारसहित मेडल र प्रमाणपत्र पुरस्कार पाएका    छन् । प्रतियोगितामा गाउँपालिकाका सम्पूर्ण वडा बाट एक/एक गरी जम्मा ८ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्