| सोमवार, अशोज ५, २०७७

मेस्सी न हाँस्न सक्थे न रिसाउन !

बार्सिलोनाको फराकिलो जित, रियल म्याड्रिडको हार

स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा रियल म्याड्रिड पराजित भएको छ भने बार्सिलोनाले फराकिलो जित हात पारेको छ।

 

रियल म्याड्रिड सेभियासँग ३-२ ले पराजित भएको हो। सेभियाका लागि विराम बेन येड्डर, मिगुएल लायुनले एक एक गोल गरे भने सर्जियो रामोसले एक गोल अात्मघाती उपहार दिए।

रियलका लागि रोमाससँगै बोर्जा मार्यराले एक एक गोल गरेका थिए। रोमासले नै  ५८अौं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न नसक्दा रियल पराजित हुनुपर्यो। रियल ३६ खेलमा ७२ अंक जोड्दै ७५ अंकसाथ दोस्रो स्थानमा रहेको एट्लेटिकोभन्दा ३ अंक पछाडि छ।

यस्तै राति नै भएको अर्को खेलमा बार्सिलोनाले भिल्लारियललाई ५-१ ले पराजित गरेको छ। बार्सिलोनाका लागि फिलिप कोउटिन्हो, पाउलिन्हो, लियोनल मेस्सीले एक एक तथा अोस्माने डेम्बेलेले दुर्इ गोल गरे। लिगका ३६ खेलमा अपराजित बार्सिलोनाले ९० अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्