| शनिबार, कार्तिक ८, २०७७

गोरखामा मार्शल आर्टस् हप्किडो संघ गठन

गोरखामा मार्शल आर्टस् हप्किडो संघको गोरखा जिल्ला समिति गठन भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित गठन समितिले खेलकुद गतिविधिलाई निरन्तरता दिने योजना बनाएको छ ।
गोरखा सदरमुकाममा बुधवार आयोजित एक कार्यक्रमका बिच राजन आले मगरको अध्यक्षतामा ११ सदस्य नेपाल मार्शल आर्टस हाप्किडो संघ गठन भएको हो । संघको उपाध्यक्षमा सकुन थापा मगर, राजेन्द्र बयलकोटी र सचिवमा रिजन बिक कोषाध्यक्षमा अनिष अर्याल चयन भएका छन् ।


सदस्यहरुमा साबित्रा थापा, सन्तोष गुरुङ, हितमान तामाङ, सुवाष कुमाल, बिक्रम गुरुङ लाइ चयन गरीएको संघका सचिव रिजन बिकले जानकारी दिए ।


नेपाल मार्शल हाप्किडो संघका केन्द्रिय अध्यक्ष तथा दक्षिण एसिया हाप्किडो महासंघ अध्यक्ष काली बहादुर घर्तीमगर ले विभिन्न जिल्लाहरुमा समिती गठन संगै गोरखा जिल्लामा पनि समिति विस्तार गरिएको बताए ।


कार्यक्रममा नेकपाका नेतृ सानुमाया बस्नेत, नेपाल मार्शल आर्ट्स हाप्किडो संघ गण्डकी प्रदेशका उपाध्यक्ष तारामाया थापामगर, गोरखा जिल्ला खेलकुद बिकास समितिका अध्यक्षद्वय सुदिप नगरकोटी शान्तासिंह बस्नेत, अनेरास्ववियू गोरखा जिल्ला संयोजक सन्जिव थापामगर, नेपाल मार्शल हाप्किडो संघ गण्डकी प्रदेश संघको कोषाध्यक्ष रेखा लोप्चन, सदस्य तथा हाप्किडो राष्ट्रिय खेलाडी कृति गिरि लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्