| बिहिबार, फाल्गुन २०, २०७७

गोनपा स्तरीय प्रथम वडाकप फुटसल प्रतियोगिताको फाईनल आज

गोरखा नगरपालिका वडा नम्बर ७ सतिपिपल फुटबल क्लवको आयोजनामा गोनपा ९ स्थित दलभञ्ज्याङ्गमा भईरहेको प्रथम वडाकप फुटसल प्रतियोगिताको फाईनल खेल आज हुँदैछ । १८ टिम सहभागी प्रतियोगितामा सेमिफाईनल र फाईनल खेल आज हुने क्लवका अध्यक्ष पुस्कर गुरुङले बताए ।

शनिवार भएको पहिलो खेलमा वडा नम्बर ५ र १२ बिच खेल बरावरीमा रोकियो । पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले वडा नम्बर १२ बिजयी बन्यो । सतिपिपल बि र वडा नम्बर ९ लक्ष्मीबजार बिचको खेल एक–एकको बरावरीमा रोकिएपछि पेनाल्टीमा लक्ष्मीबजार बिजयी बन्यो । सतिपिपल ए र हरमटरी बि बिचको तेस्रो खेल ४–१ गोल अन्तरले सतिपिपल ए ले जित्यो । शनिवारको अन्तिम खेलमा १–० गोल अन्तरले वडा नम्बर ३ लाई हराउँदै वडा नम्बर ९ बिजयी बन्यो ।

शनिवारको खेलमा बिजयी चार टिमबिच सेमिफाईनल र फाईनल खेल हुने आयोजक सतिपिपल फुटबल क्लवले जनाएको छ ।

प्रतियोगिताको बिजेता टिमले नगद ५० हजारको साथमा ट्रफि मेडल पाउनेछ भने उप बिजेताले २५ हजारमा चित्त बुझाउनेछ ।

प्रतिक्रिया दिनुहोस्