| बुधबार, फाल्गुन १९, २०७७

ब्रह्मचारीणी विद्यालयलाई ल्याप्टप, कम्प्यूटर सहयोग

बारपाक सुलिकोट गाउँपालिकाको ब्रम्हचारिणी आधारभूत विद्यालयलाई कम्प्युटर सहयोग गरिएको छ ।

गाउँ वातावरण नेपाल नाम संस्थाले वारपाक सुलिकोट गाउपालिका–८ पन्द्रुङ स्थित जराङको उक्त विद्यालयलाई ल्यापटप, प्रोजेक्टर र फोटोकपी मेसिन सहयोग गरेको विद्यालयले जनाएको छ । विद्यालयलाई प्रविधिमैत्री वनाउन सात थान ल्यापटप, दुइ थान प्रोजेक्टर र एक थान फोटोकपी मेसिन सहयोग प्राप्त भएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अमर गुरुङले बताए ।

विद्यालयका शिक्षक आशा श्रेष्ठ र गणेश परियारलाईसंस्थाले दश दिने आइसिटी तालिम समेत प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्