| शुक्रबार, चैत्र १६, २०८०

लिगलिगे साईकल दौड आज

पालको ऐतिहासिक स्थल गोरखाको लिगलिगकोटमा आज लिगलिगे साईकल दौड हुँदैछ । लिगलिगे साईकल दौडको ५२.९ किलोमिटरको दुरी लिगलिगकोट, हर्मि भन्ज्याङ, आँपपिपल, राईनास, पालुटार, लुईटेल भन्ज्याङ, बड डाँडा, सभा चौतारा हुदै लिगलिगकोट पुगि दौड सम्पन्न हुनेछ ।

१३ औं सागका स्वर्ण बिजेता खेलाडी देखि प्रदेश र स्थानीय स्तरका खेलाडीसम्म गरि एक सय राईडरले दौडमा प्रतिस्पर्धा गर्ने छन् ।

लिगलिग भिलेज स्पोट्र्सको आयोजना पालुङटार नगरपालिका र पर्यटन बोर्डको प्रायोजनमा संचालन हुने साईकल दौड प्रतियोगितामा ६ वटा इभेन्टमा प्रतिस्पर्धा हुने छ ।

महिला तथा पुरुष खुला दौडको बिजेताले २५ हजार उपविजेताले २० हजार र तृतियले १५ हजार नगद प्राप्त गर्ने छन् । यो दुवै समूहका १० औ स्थान सम्म हाँसिल गर्ने खेलाडी पनि नगद पुरस्कारले सम्मानित हुनेछन् । ६ इभेन्टकै एउटै रुट र एउटै दूरी रहेको छ |

त्यसैगरी, गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष साईकल दौडका विजेताले ५ हजार उपविजेताले ३ हजार र तृतिय हुनेले २ हजार ५ सय प्राप्त गर्ने छन् ।

पालुङटार नगरपालिका स्तरीया महिला तथा पुरुष साईकल दौड प्रतियोगिताको विजेताले २ हजार ५ सय, उपविजेताले २ हजार र तृतिय हुनेले एक हजार प्राप्त गर्ने छन् ।

स्थानीय संस्कृतिको संरक्षण तथा साहसिक खेलको विकास भन्ने उद्देश्यले संचालन भएको प्रतियोगिताको अनुमानित बजेट ३० लाख रहेको आयोजक लिगलिग भिजेल स्पोट्र्सका अध्यक्ष संजिम थापा मगरले बताए ।

प्रतिक्रिया दिनुहोस्