| शनिबार, बैशाख ८, २०८१

शक्ति माविको ६८ र्औ बार्षिकोत्सव सम्पन्न


जिल्लाकै सबैभन्दा जेठो हाइस्कूल शक्ति माध्यमिक विद्यालयको ६८ औ बार्षिकोत्सव शुक्रबार बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु जोशीको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सव समारोहमा पूर्व प्रधानाध्यापक, शिक्षक तथा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।


पूर्व प्रधानाध्यापक निरजबाबु भट्टराई, सहायक प्रअ दुर्गाभक्त घिमिरे र शिक्षक मञ्जु अर्याललाई सम्मान गरिएको शिक्षक राजुकुमार श्रेष्ठले जानकारी दिए ।


त्यस्तै पूर्व अध्यक्षद्वय मोहनलाल श्रेष्ठ र हुक्कबहादुर श्रेष्ठलाई पनि सम्मान गरिएको उनले बताए ।
सो समारोहमा प्रमुख अतिथि गोरखा नगरपालिका वडा नं. ६का अध्यक्ष नारायणप्रसाद अर्यालद्वारा कार्यालय कक्षको उद्घाटन गरिएको थियो ।


सो समारोहमा विभिन्न शीर्षकका पुरस्कार तथा छात्रवृत्ति वितरण गरिएको थियो भने विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।


कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष अर्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जोशी, एल्मुनाई एशोसिएशनका उपाध्यक्ष पुरुषोत्तम अर्याल, एल्मुनाईकै सचिव रामबाबु श्रेष्ठ, सम्मानित शिक्षकहरु भट्टराई, घिमिरे र अर्याल तथा सम्मानित पूर्व अध्यक्ष श्रेष्ठ, विद्यार्थीहरु सुनील परियार र सम्झना गुरुङले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

सो कार्यक्रममा प्रधानाध्यापक राजेन्द्र अधिकारीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका शिक्षक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्