| बुधबार, फाल्गुन १९, २०७७

ओसन क्लवको आयोजनामा गोरखामा फागुन २४ देखि २७ सम्म फुटबल मेला हुने

फागुन २४ गतेदेखि २७ गते सम्म गोरखामा तेस्रो फुटबल मेला २०७७ हुने भएको छ । गोरखा नगरपालिका ९ स्थित द ओसन क्लवले निर्माण गरेको आर्टिफिसियल टर्फ मैदानमा उक्त प्रतियोगिता गर्न लागेको हो ।
‘बिभिन्न पाँच बिधामा कार्यक्रम गर्नेछौँ’ ओसन क्लवका अध्यक्ष अमित खत्रीले शनिवार आयोजित पत्रकार सम्मेलनमा भने । छैठौँ ओसन कप यु–१३ फुटबल प्रतियोगिता, पाचौँ भेट्रान्स कप खेल संचालन गरिने उनले बताए । ओसन वर्ष खेलाडी पुरस्कार, प्रतिभावान खेलाडी पुरस्कार, लाईभ टाईम एचिभमेन्ट अवार्ड सोही अवसरमा बितरण गरिने क्लवले जनाएको छ ।
यु–१३ प्रतियोगितामा बिजेताले १५ हजारको साथमा मेडल, ट्रफि पाउनेछन् भने उप बिजेताले सात हजार पाँच सय र तेस्रो हुने टिमले तीन हजार पाँच सय पुरस्कार पाउनेछन् । भेट्रान्स कपका बिजेताले खसी सहित ट्रफि, मेडल प्रमाण पत्र, उप बिजेताले पनि खसी सहित ट्रफि, मेडल पाउनेछन् । खेल संचालन गर्न सात लाख ५८ हजार रुपैयाँ खर्च लाग्ने क्लवका अध्यक्ष खत्रीले बताए । गोरखा नगरपालिका, वडा नम्बर ९, बिभिन्न संघ संस्था र ब्यवशायीबाट सहयोग जुटाएर प्रतियोगिता सम्पन्न गर्ने उनले बताए । द ओसन क्लवले शिवरात्रीको अवसर पारेर दुई वर्षयता बिभिन्न गतिविधी सहित फुटबल मेला गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्