| शुक्रबार, बैशाख ३, २०७८

खुल्ला महिला दौडमा पवित्रा बयलकोटी प्रथम

रोट्रयाक्ट क्लव अफ बज्रमनास्लुले १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरेको खुल्ला महिला दौडमा गोरखा नगरपालिका ८ सिमल गैरीकी पवित्रा बयलकोटी प्रथम भएकी छन् ।

सोमबार बिहान आयोजित दौडमा रिपुमर्दिनी गणका जयसरा राई द्वितीय र र रेणुका राई तृतीय भएका छन् । प्रतियोगितामा प्रथम हुने बयलकोटीले सात हजार नगद पुरस्कार पाएकी छिन् । त्यस्तै द्वितीय र तृतीय हुने राईद्वयले पाँच हजार र तीनहजार रुपैयाँ पाएका छन् ।

हरमटारीदेखि बसपार्क, ठूलोआँगन, अस्पतालमार्ग हुदै पुन हरमटारीमै पुगेर टुंगिएको दौड प्रतियोगितामा २३ जना प्रतिष्पर्धीहरु सहभागी थिए । उनीहरुलाई प्रमुख अतिथि गोरखा नगरपालिकाकी उपमेयर विना कुमारी श्रेष्ठले पुरस्कार प्रदान गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्