जनयुद्धका शहिद दिलबहादुर रम्तेलको स्मृतीमा भलिबल प्रतियोगिता
जिल्ला पहिलो पहिलो पटक सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने भएको छ । सुलिकोट गाउँपालिकाको आयोजनामा यही जेठ १३ गते देखि १५ सम्म ‘शहिद दिलबहादुर रम्तेल स्मृति कप’ खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्न लागिएको पत्रकार सम्मेलन मार्फत गाउँपालिका अध्यक्ष विष्ण भट्टले जानकारी दिए । उक्त प्रतियोगिता विजेताले १ लाख र उपबिजेताले ६० हजार नगद पुरस्कार पाउने छन् ।
उक्त प्रतियोगिता संचालनका लागि १४ लाख ५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ । युवा तथा खेलकुद मन्त्रालयबाट पाँच लाख, गाउँपालिकाबाट तीन लाख र अन्य सहयोग संघ संस्था र खेलप्रेमीबाट संकलन गर्ने खेलका संयोजक एवं वडा नम्बर ७ का अध्यक्ष कृष्ण गुरुङले बताए । बजारक्षेत्रमा फुटबल, क्रिकेट जस्ता खेलको क्रेज बढिरहेका बेला बारपाक–सुलिकोट गाउँपालिकाले जिल्लामै सर्वाधिक राशीको भलिबल गर्ने भएपछि सबैको चासो र ध्यान खिच्ने हुँदा आन्तरीक पर्यटक प्रर्वद्धनमा पनि ध्यान दिइएको गाउँपालिका प्रमुख विष्णु भट्टले पत्रकार सम्मेलनमा बताए ।
प्रतियोगितामा उप बिजेतालाई ६० हजार नगद पुरस्कारको ब्यवस्था आयोजकले गरेको छ । सहभागी टिमले नगद पाँच हजार रुपैयाँमा टिम दर्ता गर्न सक्ने र खेलाडीलाई खानबस्न आयोजकले ब्यवस्थापन गर्ने जनाएको छ । खेलाडीको खेल क्षमता बिकास, ग्रामिण भेगका खेलाडीलाई राष्ट्रिय खेलाडी सँग खेल्ने अबसर, सुलिकोटको पर्यटन प्रर्वद्धन र राष्ट्रिय भलिबल खेलाडी तयार गर्न मद्धत पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संयोजक गुरुङले बताए ।