| शुक्रबार, साउन १५, २०७८

फुटसल प्रतियोगितामा ओसन क्लब विजयी

गोरखा नगरपालिका वडा नम्बर ९ दलभञ्ज्याङ्ग स्थित द ओसन क्लवको खेलमैदानमा मंगलवारदेखि सुरु भएको फुटसल प्रतियोगितामा ओसन क्लब विजयी भएको छ । रिपुमर्दन गण र ओसन कल्बबिच भएको उक्त खेल एक-एक गोलको बराबरी भई पेनाल्टिमा परिणत भएको थियो । पेनाल्टिमा रिपुमर्दन गणलाई २-१ गोलले पराजित गर्दै ओसन क्लब प्रथम भएको छ । गोरखा भित्र र बाहिरका गरी प्रतियोगितामा २३ टिम सहभागी रहेको आयोजक द ओसन क्लवका अध्यक्ष अमित खत्रीले बताए ।

बुधबार जम्मा ११ वटा खेल भएको प्रतियोगिता अन्र्तगत पहिलो खेल चाइनिज धारा र हिमालयन नेट बिच भएको थियो । उक्त खेलमा चाइनिज धारा ३-१ ले बिजयी बन्यो । धारापानी र जि स्टार बिच भएको खेलमा ५-२ ले धारापानी बिजयी भयो । रिपुमर्दन गण र त्रिवेणी युवा क्लब बिचको खेलमा ७-२ गोल अन्तरले रिपुमर्दन बिजयी बन्यो । ओसन क्लब र चाइनिजधारा बिचको खेल २-२ गोल भइ पेनाल्टिमा ३-२ अन्तरले ओसन क्लब बिजयी भयो । रिपुमर्दन गण र नेपाल युनाइटेड बिचको खेलमा रिपुमर्दनले २-१ को जित निकाल्यो । धारापानी र हरमटारी बी बिचको खेलमा धारापानीले १-० गोल अन्तरले जित्यो । रिपुमर्दन र हरमटारी ए बिचको खेलमा ३-३ गोल भइ पेनाल्टिमा ३-२ अन्तरले रिपुमर्दन गण बिजयी बन्यो । । ओसन क्लव र धारापानी बिचको खेल २-१ ले ओसन क्लब फाइनलमा प्रवेश गरेको थियो ।


पहिलो हुने ओसन क्लबलाई नगद रु.२० हजार र दोस्रो हुने रिपुमर्दन गणलाई नगद रु. १० हजार पुरस्कार दिइएको क्लवले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्