| शुक्रबार, साउन १५, २०७८

उत्तरी गोरखा सांस्कृतिक तथा कलाकार समाज गठन


उत्तरी गोरखामा घर भई हाल देशका विभिन्न सहरमा सांस्कृतिक तथा कलाकारिता क्षेत्रमा संलग्नहरु संगठित भएका छन् । मंगलबार काठमाडौँमा सम्पन्न कलाकारहरुको भेलाले धार्चे ६ काशिगाउँकी सुनिला गुरुङको अध्यक्षतामा समिति गठन गरेको हो ।


समाजको प्रथम उपाध्यक्षमा आरुघाट ७ का हरिबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा धार्चे ७ भिरकुनाका आइतराम गुरुङ, तृतीय उपाध्यक्षमा आरुघाट ४ का हेमबहादुर आले र महिला उपाध्यक्षमा आरुघाट३ की देवी आले चयन भएका छन् ।


त्यस्तै महासचिवमा चुमनुब्री ३ का वीरबल घले, सचिवमा धार्चे ७ का चित्रहादुर गुरुङ, धार्चे ५ का वुद्ध गुरुङ, महिला सचिवमा आरुघाट १ की सुस्मिता गुरुङ र प्रचार सचिवमा आरुघाट ३ का खेमराज तिवारी चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा चुमनुब्री ३ की जोनिशा गुरुङ र सहकोषाध्यक्षमा आरुघाटका राजु गुरुङ चयन भएका महासचिव घलेले जानकारी दिए ।


सदस्यहरुमा धार्चे ७ का सुशीला गुरुङ, चुमनुब्री ४ का पेमाडुण्डुप लामा, आरुघाटका शिरिष गुरुङ, धार्चे ६ का भीममाया गुरुङ, धार्चे ३ का मेनुका गुरुङ, धार्चे ४ की एञ्जिला गुरुङ र आरुघाट १ की भीममाया गुरुङ चयन भएका महासचिव घलेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्