| बिहिबार, कार्तिक ४, २०७८

भदौ २८ गतेबाट गोरखा नगरपालिकाका विद्यालय खुल्ने (सूचना सहित)


गोरखा नगरपालिकाका सबै सामुदायिक तथा नीजि विद्यालय आउँदो भदौ २८ गते सोमबारदेखि सञ्चालन हुने भएको छ ।


कोभिड १९ को संक्रमण बढेपछि बन्द रहेका विद्यालयहरु आउँदो सोमबारदेखि भौतिक उपस्थितिमा खुल्ने नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।


शाखामा आइतबार शिक्षासँग सम्बन्धित सरोकारवालाहरुको सम्पन्न बैठकपछिको सिफारिसमा नगर शिक्षा समितिले स्वास्थ्य मापदण्ड पूरा गरी विद्यालय खुलाउने निर्णय गरेको हो ।

‘आउँदो भदौ २८ गतेदेखि २५० जनासम्म विद्यार्थी भएका विद्यालयहरु तोकिए बमोजिमको स्वास्थ्य मापदण्ड पूरा गरी एक सिफ्टमा भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय भएको छ’, शाखाका ध्रुवराज अर्यालले भने, ‘सो भन्दा धेरै विद्यार्थी भएका विद्यालयहरुमा व्यवस्थापन समितिबाट कार्यविधि स्वीकृत गराई एक सिफ्टमा चार घण्टाको अवधि नघट्ने गरी भौतिक उपस्थितिमा पठनपाठन गर्ने, गराउने निर्णय गरियो ।’


हरेक विद्यालयले विद्यालय व्यवस्थापन समितिबाट स्वीकृत भएको कार्यविधि शिक्षा, युवा तथा खेलकुद शाखामा पेश गर्नुपर्ने बैठकले निर्णय गरेको उनले बताए ।

शिक्षा, युवा तथा खेलकुद शाखाले बार्षिक परीक्षाको तयारी गरिरहेका सबै विद्यालयहरुलाई कोभिड संक्रमण फैलिएको भन्दै गत बैशाख महिनादेखि बन्द गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्