| सोमवार, मंसिर १३, २०७८

धार्चेमा प्याराग्लाडिङ प्रतियोगिता हुने

धार्चे गाउँपालिकामा प्याराग्लाडिङ प्रतियोगिता हुने भएको छ । सोमबार धार्चे गाउँपालिका माछाखोलामा बसेको गाउँ कार्यपालिकाको वैठकले प्याराग्लाडिङ प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेशको खेलकुद मन्त्रालयसँगको समन्वयमा गाउँपालिको उक्त प्रतियोगिता गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।

No description available.

धार्चेमा जैविक विविधता संरक्षण, संवद्धन र उपयोग गर्न गाउँपालिकामा वातावरण तथा वनस्पति शाखा स्थापन गर्न आवश्यक दरबन्दी माग गर्ने, गाउँपालिका पाँच वर्षमा भएको गतिविधिहरुको अभिलेख राख्न पाँच वर्षे स्वेत पत्र तयार गर्ने निर्णय भएको गुरुङले जानकारी दिए ।

वैठकले सुरक्षित आप्रवासी सम्बन्धी कार्यविधि २०७८ र धार्चे गाउँपालिका मा एम्बुलेन्स सेवा संचालन व्यवस्थापन सुपरिवेक्षण समितिको कार्यविधि २०७८९ पारित गरेको छ ।

बालविवाह न्यूनीकरणका लागि रणनीतिक योजना बनाउने, वडा स्तरीय बाल संरक्षण समिति गठन गर्ने, पालिका वरिपरि भएका जैविक फोहोर संकलन गरेर प्राङगारिक मल बनाउन संस्थाहरुसँग समन्वय गर्ने र गाउँपालिका वडा नम्बर ३, ५, ६ र ७ का कर्मचारीहरुले दुर्गम भत्ताबाट बन्चित रहेकाले उनीहरुका लाििग सम्बन्धित निकायमा दुर्गम भत्ता माग गर्ने वैठकले निर्णय गरेको छ ।

त्यस्तै आउदो मंसिरमा गण्डकी प्रदेशको पहिलो सगरमाथा आरोही इमानसिं पार्कमा रहेको शालिक अनावरण गर्ने निर्णय भएको अध्यष गुरुङ जानकारी दिए । गाउँपालिका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको वैठकमा कार्यपालिका सदस्यहरु, वडा अध्यक्षहरु, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्