| सोमवार, असार १३, २०७९

‘मनास्लु बेसक्याम्पमुनि चिया बेचेर कमाएको पैसाले म सगरमाथा चढेँ’


चुमनुब्री गाउँपालिका वडा नं. १ सामागाउँकी २३ वर्षीया डिकी ल्हामु लामाले केही दिनअघि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिन् । दुर्गम गाउँकी, पढालेखा नभएकी, आयआर्जन नभएकी एक युवतीले सगरमाथा आरोहण गरिन् र जीवनलाई परिवर्तन गर्ने घुम्तिमा आइपुगिन् ।


केही पैसा कमाउन सन् २०१९ मा मनास्लु बेस क्याम्पभन्दा मुनि चिया पसल थापिन् । आरोहीहरूलाई चिया र खाजा बेच्दै गर्दा उनलाई पनि हिमाल चढ्ने रहर जाग्यो । त्यसैले उनमा सन् २०२१ मा मनास्लु आरोहण गर्ने रहर जाग्यो । नभन्दै त्यसबर्ष मनास्लु चढिन् र त्यसबाट पैदा भएको हौसलाले यस पटक सर्वोच्च शिखर सगरमाथाको शिखरमै पुग्न सफल भइन् ।


‘पैसाकै लागि मैले बेसक्याम्पभन्दा मुनि याकखर्कमा चिया पसल राखेथ्यो । त्यहाँदेखि नै मेरो लाइफ चेञ्ज भयो । सगरमाथा चुचुरो चढ्न पायो । मलाई त सपना जस्तै लाग्छ । मलाई पढ्न लेख्न त आउँदै आउँदैन । म स्कूल नि गा’छैन । म एघार वर्षको हुँदा मेरो बाउ बित्नुभएको’थ्यो’, उनी भन्छिन्, ‘हामी छोराछोरी सातजना थियो । अनि मचाहिँ घरकै काम गरेर बसेकोथ्यो । अनि त्याँदेखि स्कूल त पढ्दै पाएन । म जस्तो केही नबुझ्ने मान्छे मैले यस्तो ठूलो सपना लिएर आ’को छु, तर म आज सफल भएँ । म त्याँ माथि पुग्दा त एकदमै खुशी भयो । एकछिन त म रोयो पनि ।’


सगरमाथा आरोहण गर्नका लागि धेरै ठूलो रहस्य वा प्रेरणा उनीसित खासै छैन । मनास्लु आरोहण गर्नेहरुको ओहोरदोहोरले गर्दा उनीभित्र कौतुहलता जाग्यो । त्यही कौतुहालता मेट्ने ध्याउन्नले सगरमाथासम्म डोहो¥यायो ।


‘२०१९ मा बेसक्याम्पभन्दा अल्लिमुनि एउटा याकखर्क भन्ने ठाउँथ्यो’, उनले फेरि दोहो¥याइन्, ‘त्यहाँचैँ हामीले भट्टी पसल, खाजाको पसल राखेथ्यो । अरु काम छैन अनि पैसा अलिअलि पाउँछ कि भनेर त्यहाँ भट्टी थापेर बसेथ्यो । त्याँचैँ हिमाल चढ्ने शेर्पाहरु धेरै आउँछ, त्यही बाटो पर्छ । म’हिमाल चढौँ कि के हो । हाम्रो गाउँमा यस्तो मनास्लु छ । अरुअरु मान्छेहरु कत्ति चढ्छ, कस्तो नाम राख्छ । हाम्रो गाउँको मान्छेहरुचाहिँ कसैले चढ्दैन, किनहोला । पछि म पनि चढ्छु जस्तो लाग्यो के । अनि म’नि हिमाल चढ्छु भनेर आँट आएथ्यो । अनि मनास्लु हिमालचैँ म २०२१ मा चढेको हो ।

१०१९ मा बेसक्याम्पभन्दा मुनि भट्टी थापेको पैसा, यार्सागुम्बु खोज्न गयो, बेच्यो, त्यही पैसा, बेसक्याम्पमा टुरिस्टको भारी पु¥याउन पनि जान्थ्यो । कहिले–कहिले हामी साथी हुन्छ, दुईजनाले ३० केजीको भारीलाई बाँडेर १५–१५ किलो बनाएर बोकेर जान्थ्यो । कुनैकुनै बेला भारी सजिलो भयो भने ३० केजी बोकेर बेसक्याम्पमा पु¥याउन पनि जान्थ्यो । त्यो पैसा जम्मा गरेँ । त्यही पैसाहरुबाटै म मनास्लु चढेँ । फसमाचैँ म मनास्लु मात्तै चढ्छु भनेर सोच्थ्यो । अनि त्यसपछि त गाउँको मान्छेहरु पनि धेरै खुशी हुनुभयो के । अरुअरु मान्छेहरुले तिमी अरु हिमाल पनि चढ्नुपर्छ भनेथ्यो ।’


गाउँले र आरोहीका गाइड, शेर्पाहरुको हौसला, प्रेरणा बोकेर उनी काठमाडौँ आइन् । ‘काठमाडौँ आएपछि म सगरमाथा चढ्छु भनेर अलिअलि पैसा जम्मा गरेँ’, उनी भन्छिन्, ‘मोमो पसलमा काम गरेँ । चिनजान भा’को मान्छेहरु, दाइहरु, मामाहरुले नि अलिअलि सहयोग गर्नुभा’थ्यो । त्यै पैसाले म सगरमाथा चढेँ । उहाँहरुको साथ सपोर्टले भनुम् ।’


सगरमाथाले २३ बर्षकै उमेरमा उनलाई गतिलो पाठ सिकायो । ‘आफू गर्छु, सक्छु भन्दा नसक्ने चिज त केही हुँदैन । आफैले आँट गरेपछि सप्पै सक्छन्’, उनी भन्छिन्, ‘अब म ट्रेकिङ गाइडहरु त्यस्तोचाहिँ मेरो धेरै ठूलो सपना छ । आफूसँग पढाइलेखाइ केही छैन । अब तर पनि म सगरमाथा चुचुरोमा पुगेँ । धेरै ठूलो कुरा हो जस्तो लाग्छ । मान्छेले चाह्यो भने जे पनि गर्न सक्छ जस्तो पनि लाग्छ ।

प्रतिक्रिया दिनुहोस्