| बिहिबार, मंसिर २१, २०८०

आरुघाटमा भएको सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी आयोजकलाई नै

आरुघाट गाउँपालिका–१० फुलपाती देउराली भञ्ज्याङमा भएको खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक फुलपाती देउराली जागरण युवा क्लवले जितेको छ । सोमवार भएको फाइनल खेलमा पिएफसीलाई हराउँदै आयोजक क्लबले उपाधी हात पारेको हो ।

उक्त क्लबले ७० हजार नगद पुरस्कारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाएको आयोजक क्लबका अध्यक्ष सरोज भण्डारीले बताए । प्रतियोगितामा दोस्रो बनेको पिएफसीले ४० हजार नगद पुरस्कारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगितामा सुदिप क्षेत्री उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

उनले ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन् । कात्तिक ९ गतेबाट प्रतियोगिता शुरु भएको थियो । प्रतियोगितामा गोरखा नगरपालिका, बारपाक सुलिकोट, धादिङ लगायत बिभिन्न ठाउँका ३२ टिमको सहभागिता रहेको थियो । गाउँपालिकाकी उपाध्यक्ष कल्पना नेपाली, वडा नं १० का अध्यक्ष सन्जित श्रेष्ठ लगायतको उपस्थितिमा पुरस्कार वितरण भएको हो ।

प्रतिक्रिया दिनुहोस्