
अजिरकोट गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु
अजिरकोट गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ ।
भच्चेकस्थित नेपाली सेनाको खेलकुद मैदानमा मंगलवारबाट प्रतियोगिता सुरु भएको हो । गाउँपालिकाका अध्यक्ष दिपक देवकोटाले एक कार्यक्रमका बीच प्रतियोगिताको उद्घाटन गरेका छन् ।
विहिबारसम्म संचालन हुने प्रतियोगिता अन्तरगत पहिलो दिन १५ सय मिटर दौड, सटपुट लगायतका खेल सम्पन्न भएको गाउँपालिका शिक्षा अधिकृत सिताराम पन्तले बताए ।
प्रतियोगिता अवधिभर छात्रा÷छात्र भलिबल, एथलेटिक्सतर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय र ३ हजार मिटर दौड प्रतियोगिता हुने उनले जानकारी दिए ।
त्यस्तै हाइजम्प, सटपुट लगायका खेलहरु गरी कुल १४ खेल समावेश गरिएको उनले बताए । प्रतियोगितामा पालिका भित्रका नौ वटा माविको सहभागिता रहेको बताइएको छ ।