| मङ्लबार, बैशाख ४, २०८१

गोरखामा प्रथम अन्तरपालिका स्तरिय भलिबल प्रतियोगिता हुने

गोरखामा प्रथम अन्तरपालिका स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिवल संघ गोरखाको आयोजनामा आउँदो चैत्र २७ गतेबाट प्रतियोगिता हुन लागेको हो । आइतवार पत्रकार सम्मेलन गरी संघले सो कुरा जानकारी गराएको हो ।

युवायुवतीलाई कुलतमा फस्न नदिई खेलमा सक्षम बनाउन र खेल क्षेत्रमार्फत पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ प्रतियोगिता गर्न लागिएको संघका अध्यक्ष कृष्ण गुरुङले बताए । ‘अहिलेको अवस्था हेर्दा युवायुवतीहरु कुलतमा फसिरहेका देखिन्छन्,’ उनले भने, ‘उनीहरुलाई कुलतमा फस्नबाट जोगाएर खेलमा सक्षम बनाउने लक्ष्यका साथ प्रतियोगिता गर्न लागेका हौं ।’

तियोगितामा जिल्लाका एघार वटै स्थानीय तहबाट पुरुष र महिलाको छुट्टाछुट्टै टिमको सहभागीता रहने उनले जानकारी दिए ।
महिला र पुरुष दुवै तर्फको प्रतियोगितामा प्रथम हुने टिमले ७० हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने बताइएको छ र त्यस्तै द्धितिय र तृतीय हुने टिमले क्रमश ४० हजार र २५ हजार नगद पुरस्कारको साथमा साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् । सान्त्वना हुने टिमले नगद १५ हजारको साथमा ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा बिधागत पुरस्कार पनि रहेको संघका महासचिव राजुवावु श्रेष्ठले बताए । उनका अनुसार सर्वोकृष्ट खेलाडीले नगद ५ हजार पुरस्कार पाउने छन् । उकृष्ट डिफेन्डर, सेटर, ब्लकर, सर्भर, स्पाईकर, प्रशिक्षक र उदयमान खेलाडीलाई दुई÷दुई हजारका दरले पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा टिम दर्ता शुल्क ६ हजार तोकिएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव १२ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । प्रतियोगिता अवधीभर भलिबल खेलसँगै हास्य एवम मनोरञ्जनात्मक कार्यक्रम पनि सञ्चालन हुने बताइएको छ । हरमटारी खेलमैदानमा हुने प्रतियोगिता चैत्र ३० गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्