| मङ्लबार, बैशाख १८, २०८१

गण्डकी प्रदेश जिल्ला स्तरीय भलिवल प्रतियोगिताका लागी गोरखाबाट खेलाडी छनोट

बैशाख १२ गतेदेखी बारपाक सुलिकोट गाउँपालिकामा शुरु हुने गण्डकी प्रदेश जिल्ला स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिताका लागी गोरखाबाट खेलाडी छनोट भएका छन् । जिल्ला भलिवल संघ गोरखाले खेलाडी छनोट गरी मंगलवार नाम सार्वजनिक गरेको हो । गत चैत्र २७ देखि ३० गतेसम्म जिल्ला सदरमुकाममा संचालन भएको पालिका स्तरीय भलिवल प्रतियोगितामा खेल प्रदर्शनको आधारमा उनीहरुलाई छनोट गरिएको संघका महासचिव राजु श्रेष्ठले बताए ।

पुरुषतर्फको टिममा शहिलखन गाउँपालिकाका होमबहादुर थापा, शिशिर पन्त, प्रितम थापा, केशवबहादुर परियार र करुण गुरुङ छनोटमा परेका छन् । भिमसेन थापा गाउँपालिकाबाट बिजन बराम, उत्सव श्रेष्ठ, अभिनेक बराम छनोटमा परेको छन् । आरुघाटका सुकेश गुरुङ, गण्डकीका अर्जुन खतिवडा, धार्चेका जिवन गुरुङ र बारपाक सुलिकोटका कबिराज बिक पनि छनोटमा परेको संघले जनाएको छ ।

शहिद लखनका निर्मल परियार र नर बहादुर थापा, अजिरकोटका सुदिप परियार र बारपाक सुलिकोटका सुनिल गुरुङ बैकल्पिकमा परेका छन् । महिला तर्फ बारपाक सुलिकोटकी सँगिता बराम, बिमला गुरुङ, पुजा गुरुङ, सर्मिला गुरुङ, बिनिता गुरुङ र छितिज तामाङ छनोटमा परेका छन् । शहिदलखनकी स्मृती परियार, जुनि थापा र आकृती थापा पनि छनोटमा परेका छन् । धार्चेकी सुनिता गुरुङ, भिमसेन थापाकी मातृका बराम र पालुङटार नगरपालिकाकी करिना श्रेष्ठ पनि छनोट भएको संघले जनाएको छ ।

शहिद लखनकी पुष्पा लामिछाने र अनु थापा, बारपाक सुलिकोटकी सपना गुरुङ र भिमसेन थापाकी सपना श्रेष्ठ बैकल्पिकमा परेका छन् । ‘हामीले आज छनोटमा परेका खेलाडीहरुको नामावली सार्वजनिक ग¥यौ, यो हामी जिल्ला खेलकुद बिकास समितिमा बुझाउँछौ, अनि अन्तिम नामावली प्रकाशन हुन्छ,’ संघका महासचिव श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्