| शुक्रबार, माघ ४, २०८१

अझैँ टुङ्गो लागेन फुटबलको विवाद !

गोरखा लिग फुटबल प्रतियोगिताको विवाद अझैँ टुङ्गो लाग्न सकेको छैन । गत जेठ २७ गतेबाट उब्जिएको विवाद साम्य नहुँदा स्थगित खेलहरु कहिले हुने अझै अनिश्चित छ । जिल्ला फुटबल संघले कार्यविधि मिचेर खेल खेलाएको भन्दै असन्तुष्ट क्लवहरुले विरोध जनाएपछि प्रतियोगिता विवादित बनेको थियो ।

प्रतियोगिता अन्तरगत विभिन्न खेलाडीहरु विरुद्धको दाबी बिरोधलाई कारबाही गरेर संघले पुनः असार ३ गते (मंगलबार)बाट खेल सुचारु हुने जानकारी गराएको थियो । संघको सो निर्णयप्रति सहभागी नौवटा टिमहरुले असहमति जनाएका छन् । सतितिपल युवा क्लव, बौद्ध हिमाल युवा क्लव, मस्र्याङ््दी युवा क्लव, चेपे आदर्श युवा क्लव, ताल देवि युवा क्लव, च्याङ्ली स्पोर्ट क्लव, आदर्श युवा क्लव, सुर्यौदय युवा परिवार र दि गोर्खाज युनाईटेड क्लवले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै खेलमा सहभागि नहुने जनाएका छन् ।

संघले आपसी छलफल नै नगरी सामाजिक सञ्जाल मार्फत खेलको तालिका सार्वजनिक गरेको भन्दै उनीहरुले असहमति जनाएका हुन् । यसरी नौवटा टिमहरुले असहमति जनाएसँगै जिल्ला लिग प्रतियोगिता नै अन्योलमा परेको छ ।
जिल्ला लिग प्रतियोगिता गोरखा नगरपालिका वडा नं १० छेवेटारको खेल मैदानमा सञ्चालन भएको थियो । प्रतियोगितामा ११ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्