| शुक्रबार, माघ ४, २०८१

लायन्स मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लायन्स क्लब अफ गोरखाको आयोजनामा भएको लायन्स मेन्स डवल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । हरमटारी खेलमैदानस्थित कवर्ड हलमा भएको प्रतियोगितामा ‘ए’ समूह तर्फ रमेश थापा र सुरेन्द्र बस्नेतको जोडी पहिलो भएका छन् ।

सुजन श्रेष्ठ र दिनेश थापा मगरको जोडी दोस्रो र बिनोद श्रेष्ठ र ढकबहादुर गुरुङको जोडी तेस्रो भएको क्लबका अध्यक्ष भगवानबाबु मास्केले बताए । उनका अनुसार उक्त समूहतर्फ कुल १८ जोडीको सहभागीता रहेको थियो ।

‘बि’ समूहतर्फको खेलमा रमेश श्रेष्ठ र राजन पंगेनीको जोडी पहिलो भएको छ । सुष्कर ढकाल र तारा बहादुर थापाको जोडी दोस्रो र बलबहादुर गुरुङ र दिलबहादुर धामी तेस्रो भएको बताइएको छ । प्रतियोगिताका बिजेताहरुलाई कप, मेडल र प्रमाणपत्रको साथमा नगद पुरस्कार समेत प्रदान गरिएको मास्केले बताए ।

शनिवार एक कार्यक्रमकाबीच उनीहरुलाई पुरस्कार वितरण गरिएको हो । क्लबका अध्यक्ष मास्केको अध्यक्षता तथा जिल्ला न्यायाधिश शिवबहादुर रानाभाटको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी बासुदेव पाठक, नगरपालिकाका पूर्व मेयर राजनराज पन्त लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्