| शनिबार, बैशाख ८, २०८१

फाुगन २५ गतेदेखि ‘छिम्केश्वरी’ महोत्सव हुँदै

दरौँदी समाचारदाताः नेपाल भ्रमण वर्ष २०२० को अवसरमा तनहुँको आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरी पर्यटन तथा साँस्कृतिक महोत्सव गर्ने भएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै गाउँपालिकाले आगामि फागुन २५ गतेदेखि २७ गतेसम्म गाउँपालिका को पर्यटन तथा सँस्कृतिको पर्यटन प्रवर्धन गर्ने उदेश्यले ‘छिम्केश्वरी पर्यटन तथा साँस्कृतिक महोत्सव(२०७६’ को आयोजना गरेको जनाएको छ ।

गाउँपालिकाभित्रको पर्यटकीय स्थल तथा सँस्कृतिको प्रवर्धन गर्दै पर्यटकहरु भित्र्याएर भ्रमण बर्ष २०२० लाई सफल पार्ने उदेश्यले महोत्सव गर्न लागिएको गाउँपालिका अध्यक्ष गिरबहादुर थापाले बताए । छिम्केश्वरी महोत्सवले आँबुखैरेनीका पर्यटकीय स्थलहरुको प्रवद्र्धन गरी स्थानीयको आयआर्जनमा सघाउ पु¥याउने अपेक्षा लिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

महोत्सवमा मुख्य आकर्षणको रुपमा धार्मिक एवं ऐतिहासिक स्थलहरुको भ्रमण तथा दर्शन, विविध साँस्कृतिक कार्यक्रम सहित होमस्टेको अनुभव, पदयात्रा, स्थानीय एवं राष्टिूय कलाकारहरुको साँस्कृतिक प्रस्तुति, स्थानीय कृषिजन्य उपजको प्रदर्शनी, जडीबुटीको प्रदर्शनी, पर्यटन विकास सम्बन्धि अन्तरक्रिया कार्यक्रम, आँबुखैरेनी छिम्केश्वरी खुला हाफ अल्टूा म्याराथन दौड प्रतियोगिता, छेलो तथा डोरी चढ्ने खेल, साँस्कृतिक झाँकी प्रदर्शनी, विद्यालय स्तरीय कौरा नृत्य प्रतियोगिता, अर्गानिक खानाका स्टलहरु, फोटोग्राफि तथा दृश्यावलोकन लगायत रहने पर्यटन व्यवसायी हरिसिंह गुरुङले जानकारी दिए ।

सोमबार भएको पत्रकार सम्मेलनमा नेपाल भ्रमण वर्ष २०२० तनहुँका सदस्य एवं पर्यटन व्यवसायी हरिसिंह गुरुङ, आँबुखैरेनी गाउँपालिका स्तरीय पर्यटन प्रवद्र्धधन समितिका सदस्यहरु अनिल श्रेष्ठ, ऋषि के.सी. वडा नं. ५ का वडाध्यक्ष पञ्चबहादुर गुरुङ लगायत विभिन्न संघ संस्था आमा समूह, होमस्टे समूह लगायतका प्रतिनिधिहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्