| बिहिबार, बैशाख ६, २०८१

मोदीका कारण अन्तर्राष्ट्रिय विमानस्थल घन्टौं बन्द, हजारौं यात्रु प्रभावित

मोदीका कारण अन्तर्राष्ट्रिय विमानस्थल घन्टौं बन्द, हजारौं यात्रु प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउनेबारे पहिलै जानकारी गराइएको थियो।

 

विशिष्ट पाहुनाको सुरक्षाका लागि भनेर १ः१५ देखि आधा घन्टा अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने निर्णय भएको थियो।

जनकपुर महानगरपालिकाले मोदीलाई गर्ने नागरिक अभिनन्दनमा मोदीले भाषण लम्ब्याएर करिब २ बजेसम्म भाषण गरिरहेका छन्। यता विमानस्थल भने १ बजेदेखि नै बन्द छ। माेदी अहिलेसम्म जनकपुरमै भाषण गरिरहेका छन्। काठमाडौं गन्तव्यमा आउने दर्जनाैं आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु रद्द भएका छन्। अन्तरार्ष्ट्रिय उडानहरू लखनउसहितका सहरमा डाइभर्ट भएका छन्। अान्तरिक उडानहरू सम्बन्धित सहरमै पर्खिरहेका छन्।

त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल भएर उड्न तयार रहेका करिब अाधा दर्जन उडान पनि ठप्प छन्।

प्रतिक्रिया दिनुहोस्