| मङ्लबार, बैशाख ४, २०८१

पुस १४ देखि २० गते सम्म मनकामना केबलकार बन्द हुने

मर्मतका लागि पुस १४ देखि पुस २० गते सम्म मनकामना केबलकार बन्द हुने भएको छ । मनकामना दर्शन प्रालीले सुचना जारी गर्दै केबलकार निर्माण कम्पनीको प्राविधिक निर्देशिका र आवश्यकता अनुसार मर्मत गर्नुपर्ने उल्लेख गरेको छ ।
एक हप्ता केबलकार सेवा बन्द हुँदा भक्तजनलाई पर्ने असुविधा प्रति दर्शन प्रालीले क्षमा याचना गरेको छ । पुस २१ गतेदेखि नियमित केबलकार संचाल हुनेछ ।

साथै केबलकारको बटम स्टेशनमा रहेको रेष्टुरेन्ट भने निरन्तर संचालन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्