
सगरमाथाको शिखरमा पुगिन् गोरखाकी फुन्जो
चुमनुब्री गाउँपालिका छेकम्पारकी फुन्जो लामाले सगरमाथाको सफल आरोहण गरेकी छन्। उनी बिहीबार बिहान ६ बजे सगरमाथाको शिखरमा पाइला टेकेकी हुन्।
फुन्जोले सफल आरोहरण गरेकी उनका श्रीमान धावा ग्यान्जेन लामाले जानकारी दिए। अमेरिकाको डेनाली हिमाल आरोहण गरेर हिमाल आरोहणको यात्रा सुरु गरेकी फुन्जोले आधा दर्जन हिमालको सफल आरोहण गरिसकेकी छन्। उनी ०४३ मा छेकम्पार बुर्जीगाउँ ९चुम भ्याली० मा एउटा सामान्य परिवारमा जन्मेकी हुन्। फुञ्जोको गाउँ गोरखा सदरमुकामदेखि एक हप्ताको पैदल यात्रा पछि मात्रै पुगिन्छ। फुन्जोले चोयु, आमाडब्लम, लापुछे, मनास्लु हिमालको सफल आरोहण गरेकी छन्।
यस्तै, फ्रान्सको मोमलङ हिमाल पनि आरोहण गरिसकेकी छिन्। गोरखाको हिमाली भेग चुमभ्यालमीमा हुर्केबढेकी उनलाई सानैदेखि हिमाल आरोहणमा पनि रुचि थियो। उनी हिमालय पथप्रदर्शक, लङलाइन उद्धारक, हिमाल आरोही र खेलाडीको रुपमा पनि परिचित छिन्। उनले हेलिकप्टरमा झुन्डिएर आठ हजार मिटरभन्दा अग्लो हिमालको खोँचमा फँसेकालाई उद्धार गर्ने गरेकी छन्। यसरी उद्धारमा खटिने उनी पहिलो नेपाली महिला हुन्। हिमाल आरोहणसँथै उनी रक क्लाइम्बिङ, स्की, टेनिस, भलिबलमा दक्ष छन् । उनी स्कीका गतवर्ष राष्ट्रिय च्याम्पियन समेत हुन्।