| शनिबार, बैशाख ८, २०८१

गुनासो सम्बोधनमै गुनासो

भारतको सहयोगमा नेपाल आवास पुर्ननिर्माण परियोजना गोरखामा सुरु

दरौँदी ः सम्झौता गरेको तीन वर्षपछि भारत सरकारको सहयोगमा बन्ने नेपाल आवास पुननिर्माण परियोजना गोरखामा सुरु भएको छ । विसं २०७२ वैशाखको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त आवास पुर्ननिर्माणका लागि दुई नगरपालिका र छ गाउँपालिकाका २६ हजार घरपरिवारका घर बनाउन संयुक्त राष्ट्र संघीय विकास नियोग (युएनडिपी)ले सामाजिक तथा प्राविधिक सहजीकरण गर्नेछ । गोरखाका दुई स्थानीय गैरसरकारी संस्थाले साझेदारी गर्ने भएका छन् । स्वाँरा सघन गाउँ विकास केन्द्र र पद्धति विकास सेवा केन्द्रले जिल्लामा काम गर्नका लागि जिम्मा समेत पाइसकेका छन् । परियोजना सम्झौता भएको लामो समयसम्म सुरु नभएको भन्दै गोरखाका बासिन्दाले भारत सरकारसँग असन्तुष्टि पोखेका थिए । जिल्ला समन्वय समिति गोरखाका संयोजक अशोककुमार गुरुङले पुर्न्निर्माणका लागि अनय साझेदारहरुले गरेको सम्झौता पूरा गरिसक्दा पनि भारत सरकारले ढिलाइ गर्दा भूकम्पले क्षति पु¥याएको तीन वर्षसम्म पनि जनताले भवन, विद्यालय निर्माण गर्न नपाएको भन्दै गुनासो गरे । उनले भने, ‘भारत सरकारले विद्यालय बनाउँछु भनेर सम्झौता गरेपनि लामो समयसम्म नबनाउँदा विद्यार्थीलाई असर परेको छ, घर बनाउने काम पनि अहिलेसम्म सुरु भएन, कति दिन टहरामा बस्ने, धेरैले घर बनाइसकेका छन, कतिले बनाउन सुरु गरेका छन् ।’
गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले पुर्ननिर्माणले आंशिक गति लिएको बताउँदै समयमा घर बनाउन नसक्दा जनताले कष्टकर जीवन बाँच्नु परेको उल्लेख गरे । परियोजना अन्र्तगत युएनडिपीले घर बनाउनुअघि नक्सा पास गरेर मात्र निर्माण कार्य थाल्ने भएकाले नक्सा पास नभएर अड्किरहेको अवस्थामा जनतालाई प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्