
भर्खरै काठमाण्डौ बाट आयो अर्कों ठुलो खुसी को खबर !
काठमाडौं, – प्रहरीले वैदेशिक रोजगार विभागमा बिचौलिया बनेर सेवाग्राहीलाई ठग्ने २९ जनालाई पक्रिएको छ ।वैदेशिक रोजगार विभागको ताहाचलस्थित श्रम कार्यालय अगाडि श्रमको फारम भराउने नाममा अवैध रकम असुलिरहेका उनीहरुलाइ पक्रिएको महानगरिय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले उज्यालोलाई जानकारी दिनुभयो ।
विभागमा सेवाग्राही ठगिएको गुनासोको आधारमा सेवाग्राही बनेर सादा पोशाकमा खटिएका प्रहरीलाई नै बिचौलियाले ठग्न खोजेपछि उनीहरु प्रहरीको फन्दामा परेका हुन् ।
सेवाग्राहीले बिचौलियाले श्रमको फारम अनलाइन भर्ने र वैदेशिक रोजगारमा जानेहरूको बीमा गरिदिने नाममा २५ सय रुपैयाँसम्म असुल्ने गरेको गुनासो गरेपछि प्रहरीले उनीहरुलाई पक्रिन सादा पोशाकका प्रहरी खटाएको हो । यसअघि गएको फागुन २३ गतेपनि ३५ जना पक्राउ परेका थिए
यो पनि पढ्नुहोस् ।
विभागमा सेवाग्राही ठगिएको गुनासोको आधारमा सेवाग्राही बनेर सादा पोशाकमा खटिएका प्रहरीलाई नै उनीहरुले ठग्ने प्रयास गरेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । सुरुमा ५० जनालाई पक्राउ गरिए पनि ३५ जना मात्रै बिचौलिया भएको पुष्टि भएपछि १५ जनालाई छाडिएको छ ।अब काठमाडौ उपत्काका कुनै पनि सरकारी निकायमा विचौलियाको प्रवेश हुन नदिने गरि अभियानकै रुपमा सादा पोशाकका प्रहरी ग्राहकको रुपमा खटिने र कारवाही सुरु गर्ने काठमाडौं प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोख्रेलले बताउनुभयो