| बुधबार, मंसिर १०, २०७७

पेशागत अभिकर्ता संघको अध्यक्षमा मिनादेवी श्रेष्ठ

दरौँदी ः  नेपाल लाईफ इन्स्योरेन्स कम्पनी गोरखा शाखा अन्तरगत पेशागत विमा अभिकर्ता संघ गोरखाको तेस्रो साधारण सभा तथा दोस्रो अधिबेन सम्पन्न भएको छ । बिहीबार भएको अधिबेशनबाट मिनादेवी श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिको उपाध्यक्षमा सोमकुमार श्रेष्ठ, सचिबमा शान्ति देवकोटा, सहसचिब तारा विश्वकर्मा, कोषाध्यक्ष पार्वती मास्के रहेका छन् । त्यस्तै सदस्यहरुमा ईश्वर श्रेष्ठ, रेशम विक, मिलन न्यौपाने, पुनम श्रेष्ठ, कृष्णमाया बराम, तुलसी श्रेष्ठ रहेको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्