
लापुमा गरिबी निवारणको खानेपानी
दरौँदी ः धार्चे गाउँपालिका ७ को लापुगाउँको ८२ घरधुरीले खानेपानीको सुविधा पाएका छन् । बर्षाैँदेखि खानेपानीको समस्या झेल्दै आएका लापुबासीको समस्या अहिले समाधान भएको हो ।
गरिबी निवारण कोषको आर्थिक सहयोग र हिमाली क्षेत्र विकास केन्द्रको साझेदारीमा उक्त गाउँमा खानेपानी आयोजना निर्माण भएको हो । कोषको आर्थिक सहयोग तथा स्थानीयको जनश्रमदान गरी ३१ लाख ४२ हजार दुईसय ५६ रुपैँयाको लागनमा दोङस्योङमा खानेपानी आयोजना निर्माण भएको हिमाली क्षेत्र विकास केन्द्रका कार्यक्रम संयोजक दिलबहादुर गुरुङले जानकारी दिए ।