| शनिबार, बैशाख ८, २०८१

दरौँदी आमा समुहको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

दरौँदी ः गोरखा नगरपालिकाको दरौँदी आमा समुहले नयाँ वर्ष २०७५ को अबसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
महिला समुहकी अध्यक्ष सूर्यकुमारी कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति प्रदेश ४ की प्रदेश सभा सदस्य मनकुमारी गुरुङ, विशेष अतिथि नगरप्रमुख राजनराज पन्त, नगरकी उपप्रमुख विनाकुमारी श्रेष्ठ, वडा अध्यक्ष डिल बहादुर थापा, नेपाली कांग्रेसकी जिल्ला सदस्य तथा महिला विभाग प्रमुख मिना अधिकारी, जिल्ला समन्वय समितिकी उपप्रमुख जानुका अधिकारी, नेपाली कांग्रेसका जिल्ला सदस्य ध्रुव पन्त, महिला संघकी क्षेत्रिय सभापति सपना पुन, टोप बहादुरअर्याल, लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
प्रमुख अतिथि गुरुङले महिलाहरुलाई जागरुक गराउने, महिलाहरुको आर्थिक बृद्धि कसरी गराउने भन्ने विषयमा आफुले विभिन्न खालका कार्यक्रमहरु ल्याउन सहयोग गर्ने बताईन ।
आय आर्जनका कार्यक्रमहरु ल्याएर महिलाहरुलाई हरेक हिसाबले समृद्ध बनाउन आफ्नो कार्यकालमा पहल कदमी गर्ने उनले बताईन । उनले आफु गोरखाकै भएको नाताले प्रदेश सरकारमा महिलालाई माथि उकास्ने खालका कार्यक्रम ल्याएर आजआर्जन बढाउन सहयोग गर्ने समेत उनले बताईन ।
नयाँ वषर्एको अबसरमा जिल्लाका विभिन्न क्षेत्रमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । एक आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्षलाई हर्षउल्लासका साथ मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्