काठमाडौंमा भूकम्पको धक्का
राजधानी काठमाडौंमा गएराति भूकम्प गएको छ।
आइतबार राति ९ बजेर २२ मिनेट जाँदा कीर्तिपुरको दहचोक आसपास केन्द्र बनाएर ३ दशमलब २ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।
भूकम्पको धक्का कीर्तिपुरका साथै सिंहदरबार, बल्खु, सुन्धारा लगायत क्षेत्र तथा ललितपुर र भक्तपुरमा पनि महसुस गरिएको अधिकारीले बताए।