
आजको राशि–वृश्चिक र धनु अनुकूल
२०७५ वैशाख ५ गते बुधबार, वैशाख शुक्ल तृतीया, कृतिका नक्षत्र, आयुष्मान्योग, मेष/वृषमा चन्द्रमा, अक्षयतृतीया
मेषः दिन अनुकूल रहनेछ । मीठो बोलीले प्रसन्नता प्रदान गर्नेछ । आर्थिक कारोबार हुनेछ । शरीर पनि निकै फूर्तिलो हुनेछ । मनोबल बढ्नेछ ।
वृषः दिन भाग्योदयकारक रहनेछ । अध्ययन अध्यापन सफल हुनेछ । बौद्धिक कार्यप्रति रूचि जाग्नेछ । सामाजिक सहयोग प्राप्त हुनेछ ।
मिथुनः दिन प्रतिकूल रहनेछ । काममा सावधानी अपनाउनु पर्नेछ । खर्चको मात्रा बढ्नेछ । पारिवारिक झमेला आउनसक्छ , धैर्य गर्नु बुद्धिमानी हुनेछ ।
कर्कटः दिन अनुकूल रहनेछ । नयाँ कामको अवसर मिल्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । काममा तीव्रता आउनेछ । मन प्रसन्न रहनेछ । सहयोग पाइनेछ ।
सिंहः दिन उत्तम रहनेछ । आँटे ताकेको काममा सफलता मिल्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।
कन्याः दिन सार्थक रहनेछ । आध्यात्मिक क्षेत्रमा रूचि बढ्नेछ । अरूबाट सहयोगको अपेक्षा गर्नु बेस हुनेछ । शरीर पनि स्वस्थ रहनेछ । धर्मकर्मले मनमा शान्ति मिल्नेछ ।
तुलाः दिन प्रतिकूल रहनेछ । काममा ढिलासुस्ती हुनेछ । मन डराउनसक्छ । ठूलो योजनाको काममा हात नहाल्नु नै बेस हुनेछ । निकै घमण्ड बढ्नेछ ।
वृश्चिकः दिन अत्युत्तम रहनेछ । यात्राको योग छ । सन्तान सुख मिल्नेछ । व्यापार व्यवसाय बढ्नेछ । प्रेम प्रसङ्क चल्नेछ । मनोरञ्जनगरिनेछ ।
धनुः दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आँटेको काम सहज रूपमा बन्नेछ । ज्ञानगुनका कुरा सिक्ने अवसर मिल्नेछ । मनोबल बढ्नेछ ।
मकरः दिन उचित खालको रहनेछ । मनमा चिन्ता कम हुनेछ । बुद्धिविवेक व्रिmयाशील रहनेछ । निर्णय क्षमताको विकास हुनेछ । प्रतिस्पर्धा सार्थक रहनेछ ।
कुम्भः दिन प्रतिकूल रहनेछ । काम गर्ने अनुकूल वातावरण देखिदैन । मनमा दुविधाले ठाउँ पाउनेछ । सामाजिक अपयश मिल्न सक्छ । ठूलो कामको आशा नगर्नु नै बेस हुनेछ ।
मीनः दिन उत्तम रहनेछ । आँटे ताकेको काम बन्नेछ । बौद्धिक काम गरिनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।