| शुक्रबार, माघ ४, २०८१

एम्नेष्टि इन्टरनेशनल

एम्नेष्टी इन्टरनेशलन १२ औं राष्ट्रिय युथ भेला गोरखामा

मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशलन १२ औं राष्ट्रिय युथ भेला २०१८ बुधवार देखि गोरखामा शुरु भएको छ । एम्नेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष राजन कुँइकेलको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा एम्नेष्टी इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष चरन प्रसाई ,गोरखाका नगरपालिकाका मेयर राजनराज पन्त लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
एम्नेष्टी इन्टरनेशलनमा आवद्ध युवाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित युथ मेलामा मानवअधिकारका विविध विषयमा प्रशिक्षण दिइनेछ । देशभरका ४६ वटा युथ नेटवर्कबाट ९८ जना प्रतिनिधिको सहभागीता रहेको युथ मेला ३ दिन सम्म चल्ने एम्नेष्टी इन्टरनेशलन नेपालका निर्देशक निराजन थपलिया जानकारी दिए । यस अवधिमा महिला हिसां अन्त्यका सन्देश सहित ¥याली ,सडक नाटक ,गोरखा दरबार पुगेर पक्राउ पर्नुभएका एम्नेष्टी टर्कीका पूर्व अध्यक्ष टानर क्लिक रिहाको माग गर्नुका साथै सिरिया माथी भइरहेको युद्ध रोक्न अपिल गरिने पनि निर्देशक थपलियाको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्