| बिहिबार, मंसिर २०, २०८१

अमेरीकाले किन ९ हजार नेपालीलाई देश निकाला गर्दै छ ?

अमेरीकाले किन ९ हजार नेपालीलाई देश निकाला गर्दै छ ?

काठमाडौं । अमेरिकामा रहेका ९ हजार नेपालीलाई त्यहाँको सरकारले देश निकाला गर्ने भएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस् (टीपीएस) खारेज गरी उनीहरुलाई घर फर्काउने तयारी गरेको बताइएको छ ।

द वासिङट्न पोष्टको अनलाइन संस्करणका अनुसार नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्पको कारण देखाउँदै तीन वर्षअघि अमेरिकी सरकारले ‘अनडकुमेन्टेड’ अवस्थामा बसोबास गरिरहेका नेपालीहरुलाई टीपीएस सुविधा दिएको थियो । वासिङट्न पोष्टले विभागले तयार पारेको आन्तरिक योजनाको दस्तावेज फेला पारेको छ जसमा नेपालीहरुलाई दिँदै आएको टीपीएस सुविधा खारेज गरी स्वदेश फर्कनका लागि एक वर्षको समय दिने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्