| शुक्रबार, माघ ४, २०८१

मोदी

नेपालमा आफ्नै कार ल्याउँदै मोदी

काठमाण्डु, १४ वैशाख– चीन भ्रमण सकेको ११ दिनमा नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै कार ल्याउने भएका छन् ।

भारतीय सेनाको विमान काठमाडौं उत्रिनु तीन दिन अघि नै उनी चढ्ने कार काठमाडौं र जनकपुर आइसक्नेछन् । उनी विशेष प्रकारको कार प्रयोग गर्छन् ।

आन्तरिक उडानका लागि उतैबाट हेलिकप्टर ल्याउने वा नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्ने भन्ने छलफल चलिरहेको छ । यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भने बुद्ध एयरको विमान प्रयोग गरेका थिए ।

२०७१ साउन र मंसिरमा नेपाल भ्रमण गर्दा पनि मोदीले आफ्नै कार ल्याएका थिए । कतारले अनुदानमा दिएको कारबाहेक तीन वटा बुलेट प्रुफ कार पनि छन् ।

पछिल्लो समय नेपालसँग आगन्तुक भीभीआईपीले प्रयोग गर्ने कार छ । तर, मोदीले यस पटक पनि आफैं कार ल्याउन लागेका हुन् ।

कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्